अबको गन्तव्य आर्थिक विकास र समृद्धि : अध्यक्ष दाहाल


३० कार्तिक २०७४, बिहीबार
Prachanda

बुटवल: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाबाट संविधान प्राप्त भइसकेपछि अबको गन्तव्य आर्थिक विकास र समृद्धि भएको बताएका छन् ।Prachanda

‘राष्ट्रिय स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्रः राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण’ नारासहित भैरहवाको अञ्चलपुरमा चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवको आज उद्घाटन गर्दै उनले भने – “मुलुकको आर्थिक विकास, समृद्धि र स्थायित्वका लागि नै वाम गठबन्धन भएको छ ।”

अध्यक्ष दाहालले वाम गठबन्धन कसैका विरुद्ध नभएको बताउँदै “विकास र समृद्धिका लागि सबै क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउन वामपन्थीको जित आवश्यक छ,” भने ।

लुम्बिनीको बृहत्तर विकास गरी पर्यटनका माध्यमबाट जिल्लाको मात्र नभई समग्र देशकै आर्थिक समृद्धिमा योगदान पु¥याउन सकिने बताउँदै उनले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा नै ल्हासादेखि लुम्बिनीसम्म रेल ल्याउने पहल गरेको र अब कोरलाबाट पनि रेल आउने सम्भावना रहेको धारणा व्यक्त गरे ।

अध्यक्ष दाहालले आर्थिक विकास र समृद्धिका लागि नेपालले चीन र भारत जस्ता विकसित मुलुकबाट लाभ लिन सक्नुपर्नेमा जोड दिदैं वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकालाई जिताउन आग्रह समेत गरे ।नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले अबको पालो देश विकास र समृद्धि भएको बताए।नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय अध्यक्ष श्यामबहादुर पाठकले आत्मनिर्भर र स्वाधीन अर्थतन्त्र बनाउन देशभित्रको आन्तरिक उत्पादन बढाउनुपर्नेमा जोड दिए ।

मेला आयोजक समितिका संयोजक नारायणप्रसाद भण्डारीले स्वदेशी उत्पादनको बजार प्रवद्र्धन गर्ने, उद्योगी र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित गराउने, उद्योगीमा प्रतिस्पर्धी क्षमता वृद्धि गर्न प्रेरित गर्ने तथा रुपन्देहीमा उद्योग, व्यापार, कृषि र पर्यटनको विकास र प्रवद्र्धनमा योगदान पु¥याउने लक्ष्यसहित मेला आयोजना गरिएको जानकारी दिए ।

मेलामा उद्योग, व्यापार, होटल÷रेष्टुराँ, सूचना प्रविधि, अटोमोबाइल्स, कृषि, पर्यटन र संघसंस्था तथा प्रायोजकका गरी करिब ४०० स्टल रहेका मूल आयोजक समितिका सहसंयोजक एंव स्टल दर्ता संयोजक खिमबहादुर खत्रीले जानकारी दिए ।

मेलाको आकर्षणका रुपमा यसपटक मेला प्रवेशद्वार ड्रागनको मुखाकृतिमा बनाइएको छ भने मेलामा राउटे जातिको कला संस्कृतिको अवलोकन गर्न पनि पाइने छ ।मंसिर ११ गतेसम्म सञ्चालन हुने मेलामा तीन लाखले अवलोकन गर्ने र रु ६० देखि ६५ करोडको आर्थिक कारोबार हुने लक्ष्य राखिएको कोषाध्यक्ष सचिन रोक्काले जानकारी दिए ।

यसअघि भैरहवाको बुद्धचोकबाट बाजागाजा, विभिन्न जनजातिका झाँकी, हात्तीसहित बृहत औद्योगिक जनचेतना ¥याली निकालिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७