आन्दोलनरत राहत शिक्षक र शिक्षा मन्त्रालयबीच ३ बुंदे सहमति


२२ आश्विन २०७५, सोमबार
teacher rahat

काठमाडौं, २२ असोज । पेसागत सुरक्षाको माग गर्दै आन्दोलनरत राहत शिक्षक र शिक्षा मन्त्रालयबीच ३ बुंदे सहमति भएको छ ।

teacher rahat

स्थायी गर्ने नीतिगत प्रावधान राख्न माग राख्दै आन्दोलित सामुदायिक विद्यालयका राहत शिक्षक र शिक्षा मन्त्रालयबीच ३ बुंदे सहमति भएको हो ।

चार बुंदे माग पेश गर्दै देशभरका करीब ४० हजार राहत शिक्षक आन्दोलित थिए । सोमबार शिक्षा विकास तथा मानव स्रोत केन्द्र भक्तपुरमा भएको वार्तामा यस्तो सहमति जुटेको हो ।

केन्द्रका महानिर्देशक बावुराम पौडेलकाअनुसार नेपाल राहत शिक्षक केन्द्रिय समितिसँग मन्त्रालयका वार्ता समितिका संयोजक तथा सहसचिव सूर्यप्रसाद गौतमको टोलीले वार्ता गरेको थियो ।

राहत शिक्षकका माग संघीय शिक्षा ऐनको विधेयकको मस्यौदामा समावेश गर्ने, राहत र अनुदान कोटाका शिक्षकलाई अस्थायी शिक्षक सरह अवसर दिन मन्त्रालयको संवाद समितिमा छलफल गर्ने र आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको पौडेलले जानकारी दिएका छन् ।

आइतबार राहत शिक्षकहरुले पढाउन छाडेर राजधानीमा प्रदर्शन गरेका थिए । शिक्षकहरु आन्दोलित बनेपछि वार्ता र सहमतिमा आउन पत्राचार गरेका थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७