धनुषामा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या, दुई पक्राउ


२७ आश्विन २०७५, शनिबार
rape case

जनकपुरधाम, २७ असाेज ।  कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्याकाण्ड सेलाउन नपाउँदे धनुषामा फेरी अर्को बलात्कार पछि हत्या भएको छ । धनुषाको औरही गाउँपालिका–१ मा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । धनुषाको औरही गाउँपालिका प्रवाहकी १० वर्षीया मनिका यादवको शुक्रबार राति बलात्कारपछि हत्या भएको हो ।

याे पनि पढ्नुहाेस्
निर्मला हत्या प्रकरण  : एआईजी बस्न्यातको टोली कञ्चनपुरमा, २६ प्रहरीमाथि सुक्ष्म छानबिन

घर नजिकै दुर्गापूजाको मेला हेर्न गएकी मुनिषाकुमारी यादव शुक्रबार साँझ हराएकी थिइन् । आमाबुबाले बालिका हराएको खबर गरेपछि खोजविनका क्रममा औरही–२ का रामआशिष साहको धानखेतबाट शव भेटिएको प्रहरीले जनाएको छ ।

पूजा गरेर आमा बुबा घर फर्किदासमेत उनी त्यही बसिरहेको अवस्थामा छिमेकी दुई जनाले एकान्तमा लगेर बलात्कारपछि हत्या गरेको रहस्य सार्वजनिक भएको छ । मनिका यादवका बुबा रामआशिद यादवका अनुसार रातभरी छोरी घर नआएपछि परिवारमा तनाव भएको थियो। स्थानीयले उनको शव शनिबार दिउँसो धानबारीमा फालेको अवस्थामा भेटिएको हो ।

हत्यामा संलग्न दुई जना पक्राउ परेका छन् । शनिबार साँझ प्रहरीले छिमेकी ३२ वर्षीय विनोद मुखिया ‘बिन’ र २३ वर्षीया नथुनी मण्डललाई पक्राउ गरेको छ । विनोद यसअघि पनि अपराधिक गतिविधिमा संलग्न रहेको औरही प्रहरी चौकीका सई हरिनाथ साहले जानकारी दिए ।

अनुसन्धानका क्रममा औरही ५ परवाह मुखिया टोलका ३२ वर्षका विनोद मुखियाले पैसा दिएर फकाएको सूचना आयो । त्यसआधारमा उनलाई पक्राउ गरियो । उनको बयानका औरही ३ परवाह का ३० वर्षका नथुनी पण्डित पनि पक्राउ परेका छन् । दुबैले अभियोग स्वीकार गरेको र घटनाको अनुसन्धान भइरहेको डीएसपी दिपेन्द्र शाहीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७