दशैंको मौका छोपेर नक्कली नोटको कारोबार, दुई जना पक्राउ
काठमाडौं, ४ कातिक । दशैंको मौका छोपेर राजधानीलगायतका विभिन्न स्थानका नक्कली नोटको कारोबार बढेको छ ।
कागेश्वरी मनहरा नगरपालिका–११ बस्ने २५ वर्षीय शाहिल थापा र सोही ठाउँ बस्ने २९ वर्षीय विकास दोक्चे महर्जनलाई १ हजार दरका नक्कली नेपाली नोट २९ हजार रुपैयाँसहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका(७ चाबहिल चोकमा जाँच गर्ने क्रममा बा.४५ प ८०६६ नम्बरको स्कुटर चालक शाहिल र स्कुटरमा सवार विकासको साथमा उक्त नक्कली नोट फेला परेपछि महानगरीय प्रहरी वृत गौशालाको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।