अब सांसदहरुलाई आधा मूल्यमै खानेकुराका परिकार (नयाँ मूल्यसूचीसहित)


९ कार्तिक २०७५, शुक्रबार
samsad bhawan संसद भवन

काठमाडौं, ९ कात्तिक । सर्वसाधरण नागरिकले बजार भाऊ बढेको, बजारमा केहि चिज किन्न नसकिने भएको गुनासो गरिरहेका बेला सांसदहरुले खाने परिकारको भाउ भने आधा नै घटेको छ ।


तर, उनीहरुका लागि सबैतिर नभएर संसदको क्यान्टिनमा आधा मूल्यमै सबै खानाका परिकार उपलब्ध हुने भएको छ । संघीय सांसदहरूले दिनहुँ प्रयोग गर्ने क्यान्टिनमा अधिकांश खानेकुराको मूल्य आधा घटेको छ । क्यान्टिन सञ्चालक परिवर्तनसँगै दाम कम भएको हो । ग्रिन टीको मूल्य पहिले प्रतिकप ४० रुपैयाँ थियो । अहिले २० रुपैंयाँमै पाइन्छ ।

त्यस्तै यसअघि ‘ननभेज’ खानालाई २ सय ७० रुपैयाँ तिर्दै आएका सांसदहरूले अब १३० मात्र तिरे पुग्ने भएको छ । उनीहरूले यति मूल्यमा दुई सय ग्राम खसीको मासु वा माछाको मासुसहितको खाना पाउने छन् । क्यान्टिनमा खसी, कुखुरा र माछाको मासु आलोपालो पाक्छ ।

यसअघि संसदको क्यान्टिन रिजेन्सी ब्यांक्वेटले चलाउँदै आएको थियो । राजधानीमा गनगोर मिठाई पसल समेत सञ्चालन गर्दै आएका गोपाल जोगाईले संसदको क्यान्टिन चलाउँथे ।

अहिले अर्याल इन्टरनेसनल नेपालका योगेन्द्र राईले क्यान्टिन चलाउने नयाँ ठेक्का पाएका छन् । उनले चिया र खाजाको मूल्य घटाएर क्यान्टिन चलाउने ठेक्का पाएका हुन् ।

यसअघि यहाँ कालो चियाको मूल्य १० रुपैयाँ थियो । नयाँ मूल्य ६ रुपैयाँमा झरेको छ । त्यस्तै, १५ रुपैयाँ पर्ने कालो कफी ८ मै पाइन्छ । दूध चिया र दूध कफीको दाम भने यथावत् छ ।

संसदको क्यान्टिनमा दूध चिया १५ र दूध कफी २० रुपैयाँ पर्छ । सुख्खा रोटीको मूल्य पनि कम भएको छ । यसअघि एउटा सुख्खा रोटीलाई १५ रुपैयाँ पर्थ्यो भने अब यही मूल्यमा दुइटा रोटी पाइन्छ ।

संघीय संसदका शाखा अधिकृत शिवदत्त बरालले नयाँ ठेकेदार आएसँगै क्यान्टिनमा धेरै खानेकुराको मूल्य घटेको बताए । ‘एक सय ३० रुपैयाँमा मासुसहितको खाना कर्मचारीहरूका लागि ठिकै देखिन्छ,’ बरालले भने ।

अघिल्ला सञ्चालक जोगाईमाथि श्रम शोषण गरेर कर्मचारी राखेको आरोप लागेको थियो । क्यान्टिनमा काम गर्ने झण्डै ५० जना कर्मचारीमध्ये आधालाई उनले सात हजार हाराहारी मात्र तलब दिएका थिए । अहिले कर्मचारीको न्यूनतम तलब १३ हजार ४ सय छ ।

संसद सचिवालयले खाना र खाजामा ठूलो रकम खर्च गर्दै आएको छ । आर्थिक वर्ष २०७०–७१ देखि २०७२–७३ सम्मको तीन वर्ष अवधिमा १० करोड ७८ लाख १९ हजार रुपैयाँ खर्च गरेको थियो । ओनसरी घर्तीले सभासद भएपछि संसदमा खाना खान कुपन प्रणाली हटाएकी थिइन् ।
संसदमा कुपनमार्फत् खाजा र खानामा ठूलो रकम खर्च भएको भन्दै उनले उक्त प्रणाली हटाएकी हुन् ।
हेर्नुस् यस्तो छ नयाँ मूल्यसूची

1 2
2 1
3 1
4 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७