शरद गौचन हत्याकाण्डका मुख्य अभियुक्त बुढाथोकीसहित तीन जना पक्राउ


१२ कार्तिक २०७५, सोमबार
gouchan

काठमाडौं, १२ कातिक । निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचन हत्याकाण्डका मुख्य अभियुक्तसहित तीन जनलाई प्रहरीले पक्राउ गरेको छ ।

gouchan

महानगरीय अपराध महाशाखाले गौचन हत्याका मुख्य अभियुक्त रोशन बुढाथोकी, अम्बरबहादुर रानामगर र लोप्साङ लामालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका सार्प सुटर हुन् । महानगरीय अपराध महाशाखाका एसपी सोमेन्द्रसिंह राठौर नेतृत्वको प्रहरी टोलीलेले लोप्साङ लामा, रोशन बुढाथोकी र अमर रानालाई झापाबाट पक्राउ गरिएको जनाइएको छ ।

सोमबार अपरान्ह ४ बजे पत्रकार सम्मेलन गरेर विस्तृतमा जानारी दिइने प्रहरी स्रोतले जनाइएको छ । प्रहरीका अनुसार पक्राउ परेका तीन जनामध्ये एकले गौचनलाई गोली प्रहार गरेका थिए ।

गौचनको राजधानीको व्यस्त बानेश्वरको खरिबोटमा २०७४ साल आश्विन २३ गते गौचनको हत्या भएको थियो । बा १३ च ४९४८ नम्बरको ल्याण्ड क्रुजर गाडी चढेर घरबाट निस्केको केहीबेरमा उनीमाथि गोली प्रहार गरिएको थियो । गौचनको मुटु, कलेजो र पेटमा एक–एक वटा गोली लागेको थियो । गौचनको अघिल्लो वर्ष असोज २३ गते काठमाडौँको बानेश्वरमा गोली हानी हत्या गरिएको थियो ।

यसअघि गौचनको हत्यामा संलग्न भएको आरोपमा मुख्य योजनाकार समिरमानसिंह बस्नेतसहित नौ जनालाई जेल चलान गरिएको छ ।

गौचन हत्याको अभियोगमा राजीव स्याङतान, शिवजी महतो, मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ र प्रकाश बुढाथोकी, वसन्त थेवे र धनराज योङहाङलाई जेल चलान गरिएको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७