प्रधानमन्त्री देउवाले भने, ‘मेरा मित्र पुष्पकमल दाहालका छोरा प्रकाशको निधनको खवरले मर्माहत भएको छु’


३ मंसिर २०७४, आईतवार
sher bahadur

काठमाडौं : प्रधानमन्त्री तथा नेपाल काग्रेसका सभापति शेर बहादुर देउवाले प्रकाश दाहालको निधन प्रति श्रद्धान्जली व्यक्त गरेको छन् । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्ष कमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाशको आकस्मिक हृदयघातबाट मृत्यु भएपछि श्रद्धान्जली व्यक्त गर्दे परिवाद प्रति टुइटर मार्फत श्रद्धान्जली व्यक्त गरेका हुन् ।

उनले लेखेका छन,‘पूर्व प्रधानमन्त्री एवं मेरा मित्र पुष्प कमल दाहालका छोरा प्रकाश दाहालको अल्पायुमै भएको निधनको खवरले मर्माहत भएको छु। मृतकप्रति हार्दिक श्रद्धान्जली र शोकाकुल परिवारजनलाई यस दुखद घडिमा हार्दिक समवेदना व्यक्त गर्दछु।’

प्रचण्ड पुत्र प्रकाश दाहालको आकस्मिक हृदयघातबाट बिहान मृत्यु भएको हो । चिकित्सकहरुले बिहान ६ बजे मृत्यु भएको घोषणा गरेका थिए । नर्भिक अस्पतालका भर्ना गरिएको उनको अस्पताल आइपुग्न भन्दा अगाडि नै मृत्यु भएको डा. यादव भट्टका जानकारी दिएका थिए ।
चितवनमा रहेका प्रकाश अस्वस्थ रहेकाले बाबु प्रचण्डसँग झापा नगई काठमाडौँ आएका थिए । पारिवारिक स्रोतका अनुसार शनिवार राति ८ बजेतिर उनले आफूलाई ज्वरो आएको बताएका थिए । कञ्चापुर १ मा उम्मेदवार भएका कारण पत्नी विना पनि काठमाडौंमा थिइनन् ।
उनको आजै अन्येष्टी गरिने भएको छ । अहिले माओवादी केन्द्रको पार्टी कार्यलय पेरिस डाँडामा श्रद्धान्जलीको लागि राखिएको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७