बंगलादेशलाई साफ यू–१५ का च्याम्पियनसिप को उपाधि, नेपाल चौथो


१७ कार्तिक २०७५, शनिबार
U 15 bangaladesh football team

काठमाडाैँ, १७ कात्तिक । साफ यू–१५ फुटबल प्रतियोगिताको चौथो संस्करणको उपाधि बंगलादेशले जितेको छ । शनिबार भएको फाइनलमा पाकिस्तानलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराएर बंगलादेश च्याम्पियन बनेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा निर्धारित ९० मिनेट र अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । खेलमा सुरुवाती अग्रता बंगलादेशले बनाएको थियो ।

खेलको २७ औं मिनेटमा पाकिस्तानका हसिब मोहम्मद खाले आत्मघाती गोल गरेपछि बंगलादेशले अग्रता बनाएको थियो । तर, खेलको ५४ औं मिनेटमा पाकिस्तानले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

पाकिस्तानका मोहिब उल्लाहले पेनाल्टीमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए । तर, पेनाल्टी सुटआउटमा पाकिस्तान पराजित भयो ।
नेपाल चौथो

प्रतियोगितामा भारतले तेस्रो स्थान हात पारेको छ । नेपालले भारतसँग शुन्यका विरुद्ध एक गोलले पराजित हुँदै चौथो स्थानमा चित्त बुझाउन बाध्य भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सातदोबाटोस्थित मैदानमै भएको खेलमा १८ औँ मिनेटमा थलेचु बनलरुटफेलाले गरेको गोल नै भारतको जितका लागि पर्याप्त बन्यो ।

पहिलो हाफमा शुन्यका विरुद्ध एक गोलले पछि परेका नेपाल दोस्रो हाफमा सुधारिएको प्रदर्शन त गरें, तरपनि गोल गर्न नसक्दा भारतसँग पराजित हुन पुग्यो । जितसँगै अघिल्लो संस्करणको विजेता भारत तेस्रो बन्यो ।

नेपाल सेमिफाइनलमा बिहीबार पाकिस्तानसँग शुन्यका विरुद्ध चार गोलले पराजित भएको थियो भने भारत पनि बङ्गलादेशसँग पराजित भएको थियो ।

प्रतियोगितामा समूह चरणको पहिलो खेलमा माल्दिभ्सविरुद्धको जित नै नेपालको एक मात्रै जित रह्यो । माल्दिभ्समाथि शुन्यका विरुद्ध चार गोलको सानदार जित निकालेको नेपालले दोस्रो खेलमा बङ्गलादेशसँग एकका विरुद्ध दुई गोल अन्तरले पराजित भयो ।

पहिलो खेलमै पाकिस्तानसँग एकका विरुद्ध दुई गोल अन्तरले पराजित भएका भारत अन्तिम खेलमा भूटानमाथि जित निकाल्दै सेमिफाइनल पुगेको थियो । पाकिस्तान र बङ्गलादेशबीचको खेल एन्फा मैदानमा अहिले जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७