काठमाडौं रातोपुलमा राजनमाथि प्रहरीद्वारा गोली प्रहार

काठमाडौं, २१ मंसिर । काठमाडौंको रातोपुलमा प्रहरीले दिनदहाडै गोली प्रहार गरी एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

शुक्रबार दिउँसो प्रहरीले डाँका मुद्दाका एक अभियुक्तलाई पक्राउ गर्न गोली चलाएको हो । प्रहरीले एक राउण्ड गोली प्रहार गरेर डाँका मुद्दाका फरार राजन लिम्बूलाई नियन्त्रणमा लिएको हो ।
महानगरीय अपराध महाशाखाको टोलीले रातोपुलमा एक राउण्ड गोली हानेर लिम्बूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीको गोलीबाट घाइते लिम्बूलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । प्रहरीले लिम्बूका साथबाट टाइप फिफ्टीफोर नामक हतियार एकथान बरामद गरेको जनाएको छ । लिम्बू चोरी डाँका मुद्दाका फरार अभियुक्त भएको महाशाखाका डिएसपी रूगम कुँवरले बताएका छन् ।