मधेश आन्दोलनका मृतक परिवारलाई ५० लाख दिने : महतो


७ मंसिर २०७४, बिहीबार

काठमाडौं: राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेश आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई मधेश सरकारले ५० लाख दिने गरेका छन् ।

rajendra mahato राजेन्द्र महतो
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज ‘राजपा नेपाल आम निर्वाचन, २०७४ घोषणापत्र सार्वजनिकीकरण कार्यक्रम’ मा सदस्य महतोले राजपा नेपालले आन्दोलन चलिरहेकै बेला घोषणा गरेको मधेश आन्दोलनका शहीद परिवारलाई ५० लाख दिने कुरा फेरि दोहोर्‍याका हुन् ।
नेता महतोले मधेश आन्दोलनमा सहादतप्राप्त गरेका प्रत्येक परिवारलाई ५०÷५० लाख क्षतिपूर्ति दिनाका साथै परिवारका आश्रित बालबालिकालाई निःशुल्क उच्च शिक्षा र प्रत्येक परिवारबाट एक÷एकजनालाई मधेश सरकारले रोजगारी दिने प्रतिबद्धता पुनः प्रकट गरेको हो ।
धनुषा जिल्लाको क्षेत्र नं ३ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारसमेत रहेका नेता महतोले मधेशमा मधेश सरकार बनाउन र मधेशी शहीदको सपना साकार गर्न आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा राजपा नेपाललाई बहुमतका साथ जिताउन सबैसँग अपिल गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७