विद्यार्थी पढाउँदै प्रहरी


३ पुष २०७५, मंगलवार
student
फाइल तस्बिर

जाजरकोट, ३ पुस । प्रहरीले जाजरकोटमा विद्यार्थीहरुलाई पढाउन शुरु गरेको छ । लागुपदार्थ र साइर क्राइमका विषयमा प्रहरीहरुले जाजरकोटका विद्यार्थीहरुलाई पढाउन शुरु गरेको हो ।

student
फाइल तस्बिर

समाजमा बढ्दै गएको लागुऔषध दुव्र्यसन तथा साइबर अपराध विरुद्ध युवा विद्यार्थीलाई सचेत गराउनका लागि कक्षा शुरु गरिएको जाजरकोटका प्रहरी नायब उपरीक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिएका छन् ।

कक्षा ४ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई लागुपदार्थबाट हुने हानी र साइबार अपराधबाट हुने बेफाइदाका विषयमा उमेर अनुसारको पाठ्यक्रम बनाइ शिक्षित गराइएको सिंहले जानकारी दिएका छन् । ‘जिल्लाका सबै विद्यालयमा पुगेर लागुऔषध दुव्र्यसनी, साइबर अपराध, सडक सुरक्षा, सामाजिक सुरक्षा लगायतका विषयमा प्रशिक्षण शुरु गरिएको छ’, उपरीक्षक सिंहले भने, ‘विद्यार्थीहरुलाई सचेतना जगाउने कार्य जिल्ला प्रहरी कार्यालयका प्रमुख र अधिकृत प्रहरीले सहजीकरण गरिएको छ ।’

समाजमा शान्ति सुरक्षा कायम गर्न, जनतासँग प्रहरीको साझेदारी बढाउन, विभिन्न अपराधका विरुद्ध जनतालाई सचेत बनाउन र युवामा बढ्दै गएको लागुऔषध दुव्र्यसनी तथा प्रविधिको गलत प्रयोगमार्फत बढ्दो साइबर अपराध नियन्त्रणका लागि सचेतनाले ठूलो भूमिका खेल्ने प्रहरी उपरीक्षक सिंंहको भनाइ छ ।

किशोर विद्यार्थीमा बढ्दै गएको प्रविधिको गलत प्रयोग तथा लागुऔषधको दुव्र्यसन र सडक असुरक्षाका कारण समाजमा अपराध र असुरक्षा बढिरहेकोले यसतर्फ सबै सचेत रहनुपर्ने शिव माध्यमिक विद्यालय कालेगाउँका प्रधानाध्यापक तिलकबहादुर खत्रीले बताए ।

उनले प्रहरीको यस अभियानले समाजका किशोर तथा युवा उमेरका विद्यार्थीलाई सामाजिक विकृति र अपराधबाट टाढा राख्न सहयोग पुग्ने विश्वास गरेको बताएका छन् । प्रहरीको यस्तो कार्यक्रमले अपराध न्यूनीकरणमा ठूलो सहयोग पुग्ने त्रिभुवन माध्यमिक विद्यालय कक्षा– ८ की छात्रा लक्ष्मी खत्रीले बताइन् ।

उनले भनिन्, ‘हामीलाई साइबर अपराधका विषयमा खासै जानकारी थिएन, यो कार्यक्रममा धेरै ज्ञान आर्जन भयो, फेसबुकमा के लेख्ने र के नलेख्ने भन्ने विषयमा पनि थाहा भयो ।’ प्रहरीले स्थानीय सरकारसँग समन्वय गरेर जिल्लाका सबै निजी तथा सामुदायिक विद्यालयमा प्रशिक्षणका कार्यक्रम गरिरहेको उपरीक्षक सिंहले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७