निर्वाचनपछिको दायित्व विकास निर्माणः झलनाथ खनाल


९ मंसिर २०७४, शनिबार
jhalnatha khanal

इलाम : नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले निर्वाचनपछि आफ्नो दायित्व विकास निर्माण हुने बताएका छन् ।jhalnatha khanal
इलामको सन्दकपुर गाउँपालिकास्थित देउरालीमा शुक्रबार भएको चुनावीसभामा उनले संविधान निर्माणमा लामो समय खर्चनु परेकाले अब भने मुख्य एजेण्डा नै विकास निर्माण राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
इलाम क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका वरिष्ठ नेता खनालले अबको एकमात्र सम्भावना वाम गठबन्धन मात्र रहेकाले यो गठबन्धनलाई नै निर्धक्क भएर भोट हाल्न सबैमा अनुरोध गरे । ‘वाम गठबन्धनलाई मत हालेर जिताउनुस्, सन्दकपुर गाउँपालिकाको पूर्वाधार विकास गर्ने जिम्मा मेरो भो’, खनालले भने ।
संयुक्त वाम गठबन्धनका संयोजक याम राईको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका कार्यवाहक जिल्ला अध्यक्ष भक्त केसी र उपसचिव उमेश गुरुङलगायतले बोलेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७