पर्साको वनस्पती उद्योगमा भीषण आगलागी, आगो निभाउने प्रयास जारी


२१ असार २०७६, शनिबार
birgunj fire

पर्सा, २१ असार । पर्साको वीरगञ्ज महानगरपालिका–२१, लिपनीविर्तास्थित सुशील वनस्पती उद्योगमा भीषण आगलागी भएको छ ।

शनिबार बिहान ३ बजेतिरदेखि आगलागी शुरु भएको स्थानीयले जानकारी दिएका छन् । पर्सामा भीषण अगालागी भएको छ । अहिलेसम्म पनि आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाली प्रहरी र स्थानीय नागरिकको टोली खटिएको छ ।

आगो निभाउन वीरगञ्ज महानगरपालिका, जितपुर–सिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र नेपाल आयल निगम अमलेखगञ्जका दमकलले प्रयास गरिरहेका छन् । आगलागी कसरी भयो भन्नेबारेमा अहिलेसम्म केही नखुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७