विश्वभरी २०१९ को स्वागत, हेर्नुहोस् रोमाञ्चक ३० तस्बिरहरु
काठमाडौँ, १७ पुस : विश्वले सन् २०१८ लाई बिदाई गर्दै सन् २०१९लाई स्वागत गरेको छ । नयाँ वर्षको अवसरमा विश्वका प्रमुख शहरहरुमा भव्य उत्सवहरु मनाइएको छ ।
ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी सन्को नयाँ वर्ष सन् २०१९ शुरु भएको हो । येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०१९ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदान प्रदान गरी मनाउँछन् ।
ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारमा मात्र निर्माण गरिएको पात्रो भएकाले वैज्ञानिक नभएको विभिन्न संवत्को अध्ययन अनुसन्धानमा लागेका डा शास्त्रदत्त पन्तले बताए ।
सौरमास र चान्द्रमासको समन्वयबाट वैदिक कालदेखि नै शुरु भएको विसं जति वैज्ञानिक नभएपनि हाल इस्वी सन्को प्रभाव विश्वव्यापी छ ।
३६५ दिन छ घण्टा ४९ मिनेट छ सेकेण्डको एक वर्ष हुन्छ । तर दिनभन्दा सानो घण्टा मिनेट र सेकेण्डको एकाइले गणनामा असर पर्ने भएकाले उल्लेख गरिँदैन । त्यसको व्यवस्थापनका लागि विसंका आधारमा गणना हुने पात्रोमा तीन वर्षमा अधिकामासको व्यवस्था गरिएको छ ।
इस्वी सन् अनुसारको पात्रोमा ‘लिपियर’ का रुपमा त्यसलाई व्यवस्थापन गर्न खोजेपनि पश्चिमा देशमै मतैक्यता हुन नसकेको डा पन्तले बताए । राती १२ बजे २०१९ लाई स्वागत गर्दै गर्दा विश्व पुरै रङ्गिन र उज्यालो बन्यो । हेर्नुहोस् छानिएका तस्बिरहरु :-
इन्डोनेसिया