सुन ६ वर्षयताकै महँगो, यस कारण यतिधेरै आकाशियो मूल्य


१ माघ २०७५, मंगलवार
gold

काठमाडौं, १ माघ । मंगलबार बजारमा १ तोला सुनको ६१ हजारमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार अमेरिकी डलरको भाउ कमजोर हुनु र अमेरिकी अर्थतन्त्रमा गिरावट आउँदा त्यसको असर सुनमा परेको हो । सुनको भाउ अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

gold 1

सोमबार प्रति तोला ६० हजार ६ सयमा करोबार भएको छापावाल सुनको भाउ मंगलबार ४ सयले बढेर ६१ हजार पुगको छ । तेजावी सुन सोमबार ६० हजार ३ सयमा कारोबार भएको थियो भने मंगलबार ६० हजार ७ सयमा करोबार भइरहेको छ ।

महासंघका अनुसार यो मूल्य ६ वर्षयताकै उच्च हो । यसअघि २०६९ भदौमा सुनको भाउ ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसपश्चात मूल्य घटेर ४७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीमा प्रतितोला ५ रुपैयाँ बढेको छ । सोमबार प्रतितोला ७६० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइहरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७