सेञ्चुरी बैंकका तीन प्रदेश कार्यालयहरुको स्थापना


१ माघ २०७५, मंगलवार
century commercial

काठमाडौं, माघ १ । सेञ्चुरी कमर्सियल बैंकले तीन वटा प्रदेश कार्यालयहरु स्थापना गरेको छ।

बैंकले प्रदेश नं १ मा बिराटनगर, प्रदेश नं ३ मा मानभवन र प्रदेश नं ५ मा भैरहवामा प्रदेश कार्यालयहरु स्थापना गरेको हो। यसअघि बैंकले गण्डकी प्रदेशमा पनि प्रदेश कार्यालयको उद्घाटन गरेको थियो।

century commercial

बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु, उपत्यका बाहिर ९६ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरका साथै १२ वटा शाखारहित बैंकिङ्ग इकाईबाट सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७