अजेयराज सुमार्गीको अन्तको पनि फाइल उघ्रँदै


२ माघ २०७५, बुधबार
Ajeya Sumargi

काठमाडौं, २ माघ । अजेयराज सुमार्गीले ल्याएको विदेशी रकम बैंकबाट निकालिसकेपछि सर्वोच्च अदालतले त्यसलाई रोक लगाउने आदेश जारी गरे लगत्तै उनी अन्यत्रबाट पनि खेदिन थालेका छन् ।

Ajeya Sumargi

उनले किनेको विशालनगरस्थित फ्रेञ्च दूतावासको जग्गाबारे अख्तियारमा पुगेको एउटा फाइल खुल्न थालेको छ । नेपालस्थित विदेशी कूटनीतिक नियोगले जग्गा बेच्नुपर्‍यो भने सरकारको अनुमति लिनुपर्छ । तर, फ्रेञ्च दूतावासका हकमा त्यो लागू भएन । बरु, उसले सडक विस्तारका क्रममा बाटोका लागि अलिकति जमिन छोडिदिने सम्झौता थियो । उसले यस्तो सम्झौता गरेपछि जग्गाको हालसाविक पनि गर्‍यो ।

तर, बिक्री गर्दा सरकारसँग स्वीकृति लिएन । बाटो पनि नछाडिकन चाबहिल मालपोतका तत्कालीन कामु प्रमुख बद्रीबहादुर कार्कीले सुमार्गीसँग मिलेर रजिष्ट्रेसन पास गरिदिए । यसबारे अख्तियारमा उजुरी पर्‍यो । पछि भूमिसुधार मन्त्रालयबाट अनुमति लिएको कागज बनाउन लगाएर लिखतमा अनियमितता गरियो । चलानी किताब हेर्दा जग्गा बिक्री गरेपछि अनुमति दिएको पुष्टि हुन्छ ।

दीप बस्न्यातको पालामा जग्गा खरिद बिक्रीको उजुरी बद्रीबहादुर कार्कीले तामेलीमा हाल्न लगाए ।
बद्रीले दीपलाई मामाको साइनो लगाउने गर्थे । त्यही कारण जग्गासम्बन्धी धेरै मामिलामा दीपलाई फाइदा पु¥याए । किनभने, उनी पहिला आफै पनि अख्तियारमा थिए ।

अख्तियारकै दबाबमा उपसचिव कार्यालय प्रमुख हुने चावहिल मालपोतमा शाखा अधिकृत भएकै बेला बद्रीले कामु पाएको खबर जनआस्थाले छापेको छ । चावहिल मालपोतमा बस्दा एकै दिन अवैध रुपमा कित्ताकाट, छूट जग्गा, सरकारी जग्गा दर्ता गरी एक वर्षमा १० करोडभन्दा बढी कमाएको उजुरी अख्तियारमा पुग्यो । पद्मा अर्याल भूमिसुधार मन्त्री भएपछि सर्लक्क सामान्य प्रशासनतिर सरुवा गए ।

सात वर्षदेखि कार्यरत खरिदार लक्ष्मण बस्नेतलाई मुद्दा फाँटमा राखी छूट जग्गा दर्ता गरेर मात्रै करोडौं आर्जन गरेको उजुरीमा छ । एक वर्षअघि त्यस्तै छूट जग्गा दर्ता गर्दा चाबहिल मालपोतका झण्डै दर्जन कर्मचारीसहित ५४ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, बद्रीबहादुर अहिलेसम्म पन्छिएका छन् ।

छूट जग्गा दर्ताका लागि सरकारले नै सूचना जारी गर्नुपर्छ । त्यस्तो सूचना नगरी जग्गा दर्ता हुँदैन । त्यसका लागि सिडिओको अध्यक्षतामा जग्गा दर्ता समिति बनेर त्यसको सिफारिसका आधारमा हुने हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७