मोबाइलको पासवर्ड नदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाइन्


५ माघ २०७५, शनिबार
sharir c6m1UM4J5p

एजेन्सी ५ माघ । आफ्नो मोबाइलको पासवर्ड निदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाएकी छिन् । यो घटना इन्डोनेसियाको हो ।

sharir c6m1UM4J5p

पश्चिम नुसा टेङ्गोरा प्रदेशको पूर्वी लम्बोर्क रिजेन्सीमा २६ वर्षीय डेडी पुरनामा घरको छत मर्मत गरिरहेका थिए । त्यही बेला उनकी श्रीमती इल्हाम चहयानीले उनको मोबाइलको पासवर्ड मागिन् । डेडीले पासवर्ड दिएनन् । त्यसपछि उनीहरु झगडा गर्न थाले । झगडाकै क्रममा डेडीले इल्हाममाथि कुटपिट गरे ।

स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार झगडाका क्रममा इल्हामले डेडीमाथि पेट्रोल छर्किएर आगो लगाइन् । घटनाको दुई दिनपछि गएको बिहीबार उनको निधन भयो ।

पूर्वी लम्बोर्क प्रहरीका अनुसार मोबाइलको पासवर्ड डेडीले नदिएपछि उनकी श्रीमतीले पेट्रोल भरिएको भाँडो श्रीमानमाथि खन्याइन् र आगो लगाइन् । त्यसपछि डेडी पुरनामा नराम्ररी जले ।

उनलाई केरुआक हेल्थ सेन्टर लगियो तर दुई दिनपछि उनको निधन भयो । प्रहरीले उनकी श्रीमती इल्हाम चहयानीलाई हिरासतमा लिइ अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७