ओली र प्रचण्ड बिरुद्ध डा. केसी समर्थकहरुको उत्तेजित नाराबाजी


५ माघ २०७५, शनिबार
Dr KC

काठमाडौं, ५ माघ : अनशनरत डा. गोविन्द केसीको समर्थनमा आज (शनिबार) काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । सोलिडारिटी फर डा केसी एलाइन्सको आह्रवानमा भएको प्रर्दशनमा प्रर्दशनकारीहरुले चर्को नाराबाजी गरेका छन् ।

Dr KC



शनिबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म भएको प्रदर्शनमा प्रर्दशनकारीहरुले प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड भ्रष्ट र माफियाको संरक्षक भन्दै उत्तेजित नाराबाजी गरे । ओली र प्रचण्डलाई तिम्रो मार्सी भातले समाजवाद भन्दै बिरुद्धमा नाराबाजी गरे । मार्सी भातको कारण ओली र प्रचण्डले धोका दिएको उनीहरुको आरोप छ ।

प्रर्दशनकारीहरुले ‘कान खोली सुन ओली र प्रचण्ड तिम्रो मार्सी भातले समाजवाद आउँदैन, चारैतिर प्रष्ट छ दुईतिहाइ सरकार भ्रष्ट छ’, ‘जिकेसीको अनसन माफियालाई टेन्सन’, ‘माफियाका ताँती ओली सरकारका साथी’ लगायतका लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रर्दशनमा कांग्रेस निकट नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुको बाग्लो उपस्थीति रहेको थियो । प्रर्दशनमा भर्खर विवेकशील साझा पार्टी फुटाएर विवेकशील पार्टी बनाएका उज्वल थापा आफै उपस्थीत थिए भने रबिन्द्र मिश्र निकट विवेकशील साझाका नेताहरुको उपस्थीति थियो ।

केसीकै बाटो पछ्याउदै समर्थक

Dr Gobinda KC

यसअघि पत्रकार सम्मेलन गरेर केसीले ओली र प्रचण्डलाई राजा भनेका थिए । उनले भनेका थिए , ‘सार्वभौम को हो ? ओलीजी र त्यसपछि प्रचण्डजी हो । अहले उनीहरु राजा हुन् । हामीलाई अहिले पनि रैतीको व्यवहार गरिरहेका छन् । हामी नेपाली रैती हैन, सार्वभौम नेपाली नागरिक हौं । र, सरकार, चाहे व्यवस्थापिका भनौं, चाहे न्यायपालिका, यिनीहरु जनताका सेवक हुन् । कुरो बुझ्नु भो त ?’

डा.केसीले सांसद सार्बभौम नरहको पनि बताएका थिए । भनेका थिए, ‘किनभने, ओली र प्रचण्डजीले कालोलाई सेतो भनिदिएदेखि त्यहाँका सबै सांसदहरु कालोलाई सेतै भन्छन् । त्यो संसद सार्वभौम हैन । ओलीजी र प्रचण्डजीले जे भने, त्यही हुने हो । र, उनीहरुले गर्ने भनेकै माफियाको काम गरिदिने हो । माफिया, बिचौलिया र दलाल । अहिले राज्य माफिया, बिचौलिया र दलालहरुले चलाइरहेका छन् ।’

डा.केसीले बीएण्डसीलाई सम्बन्धन किन दिने ? भन्दै आक्रोश पोखे । भने, ‘बीएण्डसीमा प्रचण्डजीको अर्बौं रुपैयाँ छ भन्दैमा दिने हो र ? अथवा ओलीजी र प्रचण्डजीले उनीहरुको मार्सी चामल खाए भन्दैमा सम्बन्धन दिने हो र ? अरुचाहिँ छैनन् ?

२५ पुस २०७५मा अनसन बस्न अघि डा. केसीले ओलीको स्वास्थ्य बारेमा टिप्पणी गरेका थिए । निर्णय क्षमतामा उपचार पद्धतिका दुष्प्रभाव परेको डा.केसीको आरोप छ ।

आफ्नो १६औँ अनशन सुरु गर्न अघि जारी विज्ञतिमा भनिएको थियो, ‘प्रधानमन्त्रीको गहन शारीरिक समस्या तथा त्यसको उपचार पद्धतिका दुष्प्रभावहरुका कारण निर्णय क्षमतामा असर परेको जस्तो देखिनु दुर्भाग्यपूर्ण हो ।’ किड्नी ट्रान्सप्लान्ट गरेका प्रधानमन्त्री ओलीले नियमित रुपमा किड्नीको औषधी सेवन गर्दै आएका छन् ।

यही औषधिको साइडइफेक्टका कारण निर्णय क्षमतामा असर परेको डा.केसीको आरोप छ । स्वास्थ्य क्षेत्रमा नै काम गरीरहेका व्यक्तिले स्वास्थ्य जस्तो संवेदनशील बिषयमा यस्तो टिप्पणी गर्नु दुर्भाग्यपूण भएको एक चिकित्सक बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७