सार्वजनिक यातायातमा हुने हिंसाविरुद्ध कडा कार्वाहीसहित अभियान घोषणा


६ माघ २०७५, आईतवार
DSC 6388

काठमाडौं, ६ माघ । के तपाईले सार्वजनिक यातायात भीडको मौका छोपेर कतै महिला तथा बालबालिकामाथि नजानिंदो गरी हिंसा त गरिरहनु भएको छैन ? यदि त्यसो हो भने आफ्नो बानीलाई तत्काल सुधार्नुस् । नत्र तपाई प्रहरीको कार्वाहीमा पर्नुहोला ।

DSC 6388

अनि आफू हिंसामा परिरहेको जान्दा–जान्दै पनि कोही महिला, किशोरीले संकोचका कारण प्रतिवाद गर्न पछि परिरहनु भएको छ भने तपाईको सहयोगका लागि नेपाल प्रहरीले अभियान नै चलाएर सुरक्षामा खट्ने भएको छ ।

नेपाल प्रहरीले सार्वजनिक यातायातमा हुने महिला तथा बालबालिकामाथिको हिंसा अन्त्यका लागि पनि अभियान नै चलाउने भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सार्वजनिक यातायातमा हुने महिला तथा बालबालिकामाथिको हिंसा अन्त्यका लागि अभियान नै सञ्चालन गर्ने घोषणा गरेका छन् ।

उनले त्यसका लागि महिला सञ्जाल र महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत संघ, संस्थाहरुसँग सहकार्य गरेर अघि बढ्ने योजना पनि अघि सारेका छन् ।

आइतबार महानगरीय परिसर, टेकूकै हाताभित्र निर्माण गरिएको नागरिक सहायता कक्ष भवनको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीले शान्ति सुरक्षालाई सुदृढ बनाउने र समाजको विकासमा पनि योगदान गर्दै लैजाने योजना एकै साथ अघि बढाउन चाहेको समेत स्पष्ट पारेका छन् ।

उनले नागरिकको सहायता बिना नेपाल प्रहरीले अपराध अनुसन्धानलगायतका कुनै पनि दायित्व पूरा गर्न नसक्ने पनि दोहोर्‍याए । प्रहरी महानिरीक्षक खनालले नेपालमा प्रहरी र नागरिक समाजबीचको सम्बन्ध विकसित देशहरुको भन्दा सुमधुर रहेको पनि बताए । सो भवन नेपाल बंगलादेश बैंकको १९ लाख ५० हजार आर्थिक सहायतामा निर्माण गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७