डा. गोविन्द केसीको सबै माग पूरा भइसकेको छ : स्वास्थ्य राज्यमन्त्री यादव


६ माघ २०७५, आईतवार
राज्यमन्त्री सुरेन्द्र यादव

काठमाडौँ, ६ माघ : स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले अनशनरत प्राध्यापक डा गोविन्द केसीको सबै माग पूरा भइसकेको बताएका छन् ।

राज्यमन्त्री सुरेन्द्र यादव

आइतबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री यादवले भने, ‘काठमाडौँमा मेडिकल कलेज खोल्न नदिने डा केसीको माग सम्बोधन भइसकेको छ । अब नयाँ मेडिकल कलेज काठमाडौँमा खोलिने छैन । यसबाट मनमोहन अधिकारी मेडिकल कलेज पनि प्रभावित भएको छ ।’

नयाँ मेडिकल कलेज खोल्न सम्बन्धन प्राप्त हुन नसकेकाले नेपाली विद्यार्थी चिकित्सा शिक्षा पढ्न विदेश जान बाध्य भएको र त्यहाँका कालोसूचीमा परेका कलेजबाट ठगिने गरेको उनले बताए । हाल नेपालबाट चिकित्सा शिक्षा पढ्न ५८८ विद्यार्थी विदेश गएका छन् । उनीहरुबाट प्रतिव्यक्ति रु २० लाखका दरले रकम बाहिरिएको राज्यमन्त्री यादवको भनाइ थियो ।

नेकपाका नेता डा वंशीधर मिश्रले डा केसीका कारण नेपालमा गुणस्तरीय मेडिकल कलेज खुल्ने वातावरण नहुँदा बङ्गलादेशमा कालोसूचीमा रहेका मेडिकल कलेजमा पढ्न विद्यार्थी बाध्य भएको बतााए । ।

वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले डा केसीको माग पूरा नगरेर स्वास्थ्यसम्बन्धी समस्या सरकार स्वयंले उत्पन्न गरेको दाबी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७