नगर उपप्रमुखले लिइनन् सुविधाको गाडी, भनिन्, ‘नगरको विकास भए गाडी पछि चढौला’


७ माघ २०७५, सोमबार
basanti

काठमाडौं, ७ माघ । देशभरका धेरैजसो जनप्रतिनिधिहरु आफ्नो सुविधा बढाउन माग गरिरहेका बेला दक्षिणकाली नगरपालिकाकी उपप्रमुख बसन्ती तामाङ्गले भने पाएको सुविधा पनि नलिने अठोट लिएकी छन् ।

basanti

उनले सुविधा बापतको सवारी नलिने बरु सो बराबरको रकम नगरको विभिन्न क्षेत्रको विकासमा खर्चिने बताएकी छन् । उनले गाडी किन्नका लागि छुटिएको ३० लाख रुपैंयाँ नगरबासीको स्वास्थ्य शिक्षामा खर्च गर्ने सोचले सुविधा नलिएको स्पष्ट पारेकी छन् ।

उनले भनिन्, ‘हाम्रो नगरपालिकामा धेरै कुराको अभाव छ, यस्तो बेला आफूले सुविधा लिने भन्दा पनि जनताकै लागि खर्चिदा राम्रो होला भन्ने सोंचेर गाडी नचढ्ने निधो गरेको सुनाइन् । उनले भनिन्, ‘पहिला नगर र नगरबासीको लागि काम गर्ने हो, नगरको अवस्था राम्रो हुँदै गएपछि पछि चढौला गाडी ।’

उनले भनिन्, ‘उपप्रमुखलाई पनि सवारी सुविधा हुनुपर्छ भनेर रकम छुट्याउन लगाएँ । तर कृषि प्राविधिक विद्यालय सञ्चालन गर्न बजेट पुगेन । त्यही भएर गाडी भनेको पछि चढ्दै गरौंला भनेर विद्यालय निर्माणमा रकम हाल्न लगाएँ ।’ ‘गाउँको बिरामी एम्बुलेन्सका कारण ज्यान गुमाइरहेका बेला गाडी चढ्न भन्दा भएको पाँच लाख एम्बुलेन्स किन्न दिँदा राम्रो होला भनेर त्यता लगाएको उनी सुनाउँछिन् ।

सो बजेटबाट २५ लाख प्राविधिक शिक्षाको लागी कामधेनु माध्यमिक विद्यालयलाई कृषि प्राविधिक विद्यालय संचालन गर्न दिइएको छ भने बाँकी रहेको पाँच लाख एम्बुलेन्स खरिदका सोचन्द भैरव परिवारलाई दिने घोषणा गरेकी हुन् ।

गत असारमा बसेको तेस्रो नगर सभाले उपप्रमुखको सवारी सुविधाको लागि ३० लाख रुपैयाँ छुट्याएको थियो । नगर सभाबाट पारित भएको उक्त रकम उपप्रमुख डंगालले आफ्नो सुविधा भन्दा नगरभित्रको विकासका लागि आवश्यक रहेको बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७