बजार हल्लाकै कारण हतारमा विवाहकाे निर्णय लिन पुग्यौं : निकिता पाैडेल


७ माघ २०७५, सोमबार
kikt

काठमाडौं, ७ माघ । सञ्चारकर्मी रवि लामिछानेसँग आज (सोमबार) अदालती विवाह गरेकी चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले बजार हल्लाकै कारण आफूहरुले हतारमा विवाहको निर्णय लिन पुगेको बताएकी छन् ।

kikt

आज मध्यान्न काठमाडौँ जिल्ला अदालतमा ‘कोर्ट रविसँग म्यारिज’ गरेपछि निकिता र रविले आफ्नो सामाजिक सञ्जालमार्फत विवाहको खबर सार्वजनिक गरेका हुन् । सामाजिक सञ्जाल विवाह सार्वजनिक गर्दै रविले लेखेका छन्, ‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ ।’

बोर्ड अध्यक्ष पौडेलले पनि रविसँगको सम्बन्ध सत्य भएको स्पष्ट गरेकी छन् । ‘हामीले बैशाखमा मात्र विवाह गर्ने योजना बनाएका थियौं,’ निकिताले भनिन्, ‘हाम्रो बारेमा बजारमा चलेको विभिन्न हल्लाले यो निर्णय हतारमा लिन बाध्य भएका हौ ।’

पौडेलले परम्परागत रुपमा वैशाखको तेस्रो साता विवाहको योजना गरेको सुनाइन् । उनले थपिन् ‘विवाह भोज सबैलाई खुवाउँछु ।’ केही साताअघि मात्रै रवीको पूर्व श्रीमती इशा श्रेष्ठसँग सम्बन्ध विच्छेद र पौडेलको प्रेमको चर्चा चलेको थियो । सो समय निकिता र रवि केही वर्षदेखि प्रेममा रहेका समेत विभिन्न मिडियाले समाचार बनाएका थिए ।

तर उनीहरु दुबैले आफूहरु एक अर्काको असल मित्र मात्र रहेको बताएका थिए । निकिताले थपिन्, ‘बाहिर आए जस्तो हाम्रो प्रेम सम्बन्ध थिएन । हामी दुवै एक्लै थियौँ । आफन्तले विवाहको प्रस्ताव ल्याए । हामीले पनि उचित ठानेर स्वीकारेका हौं ।’ उनले आफ्नो विवाहमा परिवारको सहमति भएको बताएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७