राष्ट्र बैंकले तोक्यो सवारी कर्जा र ब्याजदर, कति लिन पाउँछ ?


७ माघ २०७५, सोमबार
Rastra Bank

काठमाडौं,माघ ७। हायर पर्चेज कर्जा दिने कम्पनीको चुक्ता पूँजी न्युनतम ३० करोड हुनुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । साथै त्यस्ता कम्पनीले लिने कर्जाको ब्याजदरको सीमा पनि तोकिएको छ ।

हाल सञ्चालनमा रहेका हायर पर्चेज कम्पनीले भने २०७७ असार मसान्तसम्म २० करोड र २०७८ सम्म ३० करोड रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । सोमबार हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था २०७० को दोस्रो संशोधन गर्दै हायर पर्चेज कर्जा दिने कम्पनीले चुक्ता पूँजी बृद्धि गर्नुपर्ने व्यवस्था गरेको छ ।

कम्पनीले सापटी लिएर कर्जा दिएको छ भने ऋण तथा सापटीमा दिनुपर्ने ब्याजदरमा ३ प्रतिशत भन्दा बढी नहुने गरी हायर पर्चेज कर्जाको सिमा तोक्नुपर्ने नयाँ संशोधित व्यवस्था छ । हायर पर्चेज कर्जा भनेको कृषि, औद्योगिक, व्यावसायिक तथा औद्योगिक प्रयोजनका लागि कुनै पनि फर्म, कम्पनी, व्यक्ति वा संस्थालाई सवारी साधन, मेसीनरी औजार, उपकरण खरिद गर्नका लागि दिएको कर्जा सापटी हो ।

हायर पर्चेज कर्जा दिने कम्पनी दर्ता चुक्ता पुँजीको ०.२ प्रतिशत रकम दिएर गर्न सकिने प्रावधान छ । हायर पर्चेज कर्जा दिने कम्पनी बढी भएको क्षेत्रमा भने नयाँ कम्पनी खोल्न नपाइने राष्ट्र बैंकले जनाएको छ । यता, हायर पर्चेज कर्जा दिने कम्पनीले आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्रमा वित्तिय विवरणको लेखा परीक्षण राष्ट्र बैंकलाई बुझाउनुपर्नेछ । यस्तै १० लाख भन्दा बढीको कर्जा प्रदान गरेको अवस्थामा अनिवार्य कर्जा सुचना लिनुपर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७