मन्त्री मगर बिरामी, सासु सीता रहेकै अस्पतालमा भर्ना


८ माघ २०७५, मंगलवार

काठमाडौं, ८ माघ । खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर अस्पताल भर्ना भएकी छन् ।
उच्च ज्वरो आएपछि उनलाई सोमबार बेलुकी ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालमा भर्ना गरिएको उनको परिवारले बताएको छ ।

bina magar

डाक्टर युवराज शर्मालगायतको टोलीले उनको उपचार गरिरहेको छ । यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको गएको आइतबारदेखि नै आईसीयूमा राखेर सुमेरु अस्पतालमा नै उपचार भइरहेको छ ।

ज्वरो, रुघाखोकी र चिसोले सताएपछि उनलाई सुमेरु अस्पतालमा भर्ना गरिएको हो । सीता र बिना सासु–बुहारी हुन् । उनीहरुको अहिले एकै अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७