सुदूरपश्चिम र कर्णाली प्रदेश सेताम्य, जनजीवन कष्टकर


९ माघ २०७५, बुधबार
Humla Chipleti b 1
lxdkft x’Fbf x’Dnfdf klxnf] k6s l:sË -lrKn]6L_ ;~rfngdf cfPsf] 5 . Ps hgf ljb]zL gful/s;lxt x’Dnf ;fF:s[lts tyf ko{6g kj{4g o’jf ;~hfnn] d+unaf/ l:sË -lrKn]6L_ ;~rfngdf NofPsf] 5 . t:jL/ M bfg] af]x/f, x’Dnf, /f;;

धनगढी, ९ माघ । सुदूरपश्चिम प्रदेशका हिमाली जिल्ला र कर्णाली प्रदेशका जिल्लामा बाक्लो हिमपात भएको छ । हिमपातका कारण चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ ।

सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा र बैतडीका हिमाली क्षेत्रमा सोमबार रातिदेखि बाक्लो हिउँ परेको हो । आजको नागरिक दैनिकमा समाचार छ ।

दार्चुलाका लेकाली बस्ती र हिमाल सेताम्य भएका छन् । सोमबार दिनभर घाम लागे पनि मध्यरातिदेखि एकाएक मौसम बदली भएर हिमपात भएको हो । हिमपातपछि बढेको चिसोका कारण सदरमुकाम खंलगाका पसल फाट्टफुट्ट मात्रै खुलेका छन् भने स्थानीयहरु घरबाहिर निस्कन सकिरहेका छैनन् ।

हिमाली क्षेत्रका विद्यालयमा पठनपाठन प्रभावित भएको छ । पुस पहिलो सातादेखि माघ दोस्रो सातासम्म जिल्लाका उच्च भूभागमा तीनपटक हिमपात भएको छ । पुसमा मात्र जिल्लाका उच्च क्षेत्रमा दुई पटक हिमपात भएको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७