सागर आलेको पहिलो गीत केही दिनमै ट्रेडिङ १ मा
काठमाडौं : फ्रेण्ड चुवाज सो ‘नेपाल आइडल’को टप ४ मा पुग्न सफल सागर आलेकाे पहिलो गीत ट्रेडिङ १ मा परेको छ ।
नेपाल आइडलको चर्चा अहिले सेलाएपनि सो प्रतियोगिताबाटै सबैभन्दा बढी अहिले सम्म चर्चामा रहन सफल सागर आले मगरको केही दिन अगाडी सार्वजनिक भएको नयाँ गीत केही दिनमै ट्रेडिङमा परेको हो ।
सागरले नयाँ गीत ‘पल्ला घरको कान्छी नानी’ आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरेको हो । उनकाे गीत सार्वजनिकपछि युटुब सस्क्राइब पनि हवात्तै बढेको छ ।
मनोज थापा मगरको शब्द र संगीत तथा गोपाल रसाइलीको एरेञ्जमा रहेको उक्त भिडियोमा अभिनेत्री मिरुना मगरको साथमा सागर स्वयम आफैले अभिनय गरेका छन् । यस गीतको म्युजिक भिडियो निर्देशन फराज अर्पनले निर्देशन गरेका छन्, भने हरि घले लामाको सिनेमाटोग्राफी रहेको छ । प्रविन श्रेष्ठले सम्पादन गरेको भिडियोमा प्रविन राईले ड्रोन चलाएका छन् ।
युट्युव ट्रन्डिङकै कुरा गर्ने हो भने साउथ सुपरस्टार अल्लु अर्जुनको चलचित्र ‘डिजे’ नेपाल युट्युव ट्रन्डिङको २ नम्बरमा झरेका छन् । लामो समयसम्म अल्लुको चलचित्र ट्रन्डिङ १ मा नेपालमा बसेको थियो ।