मुटुरोग विशेषज्ञ डा. रेग्मीले दिए राजीनामा


२ फाल्गुन २०७५, बिहीबार
praksh raj

काठमाडौं, २ फागुन । मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले कार्यकाल छँदाछँदै सरकारी सेवाबाट राजीनामा दिएका छन् ।

praksh raj

वीर अस्पतालमा कार्यरत डा. रेग्मीले सेवाअवधि सकिन ८ महिना बाँकी छँदै राजीनामा दिएका छन् । डा. रेग्मीले सरकारी सेवामा ३० वर्ष बिताएका उनले वीर अस्पतालको मुटु रोग विभागलाई विकास र विस्तार गर्न पटक–पटक प्रयास गरेका थिए । तर, सरकारका तर्फबाट पर्याप्त सहयोग नभएपछि उनले राजीनामा दिएको बताएका छन् ।

‘मुटुका बिरामीलाई वीरमा उपचार सेवा दिने भन्दा पनि गंगालालमा पठाउने काम मात्र हुने अवस्था रह्यो’, उनले भने, ‘वीरको मुटु विभागलाई विकास गरेर बिरामीले सहज उपचार सेवा पाउने वातावरण नबनेपछि हाजिर मात्र गरेर बस्न उचित नलागेपछि राजीनामा दिएको हुँ ।’ उनले लिलतपुरमा मुटुको छुट्टै अस्पताल स्थापना गर्ने लक्ष्य रहेको जानकारी पनि दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७