रोजगार विभागमा नक्कली कागजात बनाई दिने पाँच विचौलीया पक्राउ


५ फाल्गुन २०७५, आईतवार
rojgar Bivag

काठमाडौं, ५ फागुन । श्रम तथा वैदेशिक रोजगार विभाग ताहाचलमा सेवाग्राहीको नक्कली भिसा कार्डलगायतका काम गर्दै आएका पाँच जना विचौलीया पक्राउ परेका छन् ।

rojgar Bivag

महानगरीय प्रहरी वृत्त कालीमाटी प्रहरीले श्रम तथा वैदेशिक रोजगार विभाग ताहाचलको समन्वयमा उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरी परिसर काठमाडौंका डिएसपी होमिन्द्र वोगटीका अनुसार श्रम स्वीकृतिको लागि आएका ईन्द्रबहादुर रजालीमगरले आफ्नो पासपोर्ट नम्बर ०५५६८०५७ मा भिषा कार्ड नै सच्चाएको अवस्थामा फेला पारेपछि श्रम तथा वैदेशिक रोजगार विभागमा जानकारी गराएका थिए ।

प्रहरीले अनुसन्धानका क्रममा गणेश कटुवालले कार्ड बनाउन सहयोग गरेको र कटुवाललाई कार्ड बनाउन गोंगबु बसपार्कस्थित कृष्ण प्रसाईले सञ्चालन गरेको वर्षा फोटो स्टुडियोले सहयोग गरेको पाइएको फेला पारेको छ । डिएसपी वोगटीले अनुसार काम छिटो गरिदिने भन्दै विचौलीयाले सेवाग्राहीलाई दुःख दिने गरेको पाइएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७