नेकपाका नेता भूसाल जर्मनी प्रस्थान


९ फाल्गुन २०७५, बिहीबार
Ghana shyam bhusal 1

काठमाडौं, ९ फागुन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य घनश्याम भूसाल जर्मनी प्रस्थान गरेका छन् । नेता भुसाल जमर्नीका लेफ्ट पार्टी डि लिङ्केको युरोपियन अधिवेशनमा सहभागी हुन जर्मनी प्रस्थान गरेका हुन् ।

Ghana shyam bhusal 1

यही फ्रेबअरी २२ देखि २४ सम्म जर्मनीको बोनमा हुने अधिवेशनमा युरोपियन युनियन, ल्याटिन अमेरिका, एसिया, अफ्रिका लगायतका ४० भन्दा बदी देशका वामपन्थी पार्टीका नेताहरु सहभागी रहनेछन् ।

अधिवेशनमा सहभागी हुन नेपालबाट नेकपाको प्रतिनिधित्व नेता भूसालले गर्नेछन् । अधिवेशनमा विभिन्न देशमा वामपन्थी आन्दोलनमा उपलब्धी, समस्या र समाधानका बिषयमा छलफल र अनुभवहरु आदानप्रदान गरिने कार्यक्रम रहेको छ ।

अधिवेशनमा युरोपियन युनियनका बेल्जियम, फ्रान्स, इटली, मेक्सिको, पोर्चुगल, लागायतका देशहरु ल्याटिन अमेरिकाका ब्राजिल, अर्जे्न्टिना, चिली लगायतका देशहरु, एसियाका नेपाल, जापान, भारत, रुस लगायतका देशहरु र अफ्रिकाका सुडान, नामिबिया, लेबनान लागयतका देशका वामपन्थी पार्टीहरुका नेताहरु सहभागी हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७