पोखरामा आज पनि प्याराग्लाइडिङ दुर्घटना, एकको मृत्यु


२१ फाल्गुन २०७५, मंगलवार
para

पोखरा, २१ फागुन । पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
एक जना विदेशीको मृत्यु भएको ४८ घण्टा नपुग्दै अर्को एक प्याराग्लाइडिङ पाइलटको मृत्यु भएको हो ।

para

पोखराको सराङकोटबाट उडेका रसियन प्याराग्लाइडिङ पाइलटको उडेको केहीबेरमा सराङकोटमै खस्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनको नाम भने खुलिसकेको छैन ।

सोमबार पनि माछापुच्छ्रे गाउँपालिका–९ ठाँटीमा पोर्चुगलका एक जना विदेशी प्याराग्लाइडिङ पाइलट करेन्ट लाग्दा भुईमा झरेका थिए भने अर्का रसियन पाइलट मादी गाउँपालिका–७ छाचोकमा रुखमा अड्किएका थिए ।

आइतबार मात्र सराङकोटबाट उडेका रोमानियाका पाइलट इबि चिसजिरले प्याराग्लाइडिङ दुर्घटनामै ज्यान गुमाएका थिए । सराङकोटबाट उडेका उनी फेवातालमा खसेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७