विप्लवमाथिको प्रतिबन्ध फुकुवा गर्न युरोपले दियो यस्तो दवाव (विज्ञप्तीसहित)


१ चैत्र २०७५, शुक्रबार
prakan bip e1487378382807

काठमाडौं, चैत १ । नेपाली जनप्रगतिशील मोर्चा युरोपले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि सरकारले लगाएको प्रतिबन्ध तत्काल फुकुवा गर्न दबाव दिएको छ ।

prakan bip e1487378382807

मोर्चामा आबद्ध बेल्जियम, जर्मनी पोर्चुगल, स्पेनका संघ संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै दबावपूर्ण माग गरेका हुन् ।

राज्यले विगतदेखि नै नेपाल कम्युनिष्ट पार्टी र यसका नेता कार्यकर्ताबिरुद्ध गर्दै आएको नियोजित घरपकड र पछिल्लो समय लगाएको राजनीतिक प्रतिबन्धले सरकारको फाँसीबादी चरित्र उदाङ्गो भएको सार्वजनिक विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘नेपाल सरकारद्वारा एकतर्फी युद्ध घोषणाको आभाष हुने गरी गरिएको विप्लवमाथिको प्रतिबन्ध तत्काल फिर्ता लिन जोडदार माग गर्दछौ ।’
हेर्नुस् विज्ञप्ती

dabab

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७