रघुवीर महासेठ मन्त्रीबाट हट्दैछन् ? जनकपुरमा भने, ‘मन्त्री नरहे पनि सांसद त रहन्छु’


२ चैत्र २०७५, शनिबार

जनकपुर, २ चैत । भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रघुवीर महासेठले मन्त्री पदबाट हट्न लागेको संकेत दिएका छन् ।

शनिबार जनकपुरमा मुजेलीयास्थित राधाकृष्ण सार्वजनिक पुस्ताकलयका नव निर्वाचित कार्यसमितिका पदाधिकारीलाई सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महासेठले मन्तव्यको क्रममा आफू मन्त्री नरहे पनि सांसद पदमा रहिरहने भन्दै जनकपुरको विकासका लागि निरन्तर लागिपर्ने बताएका छन् ।

उनले आफू मन्त्री नरहँदा पनि जनकपुरसहित हरेक क्षेत्रको विकासका लागि निरन्तर लागिपरेको दावी गर्दै पूर्वाधारसहित हरेक क्षेत्रको विकास आवश्यक रहेको बताएका छन् । मन्त्री महासेठले मन्त्री फेरबदलबारे पार्टीमा कुनै किसिमको विवाद नरहेको पनि स्पष्ट पारे । उनले मन्त्री बनेर मात्रै जनकपुर क्षेत्रको विकास सम्भव नरहेको समेत जिकिर गरेका थिए ।

उनले जनकपुरमा मणिपाल अस्पतालको लागि वर्षौंदेखि रहेको निर्माणाधीन भवनमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने बताए । यसैबीच राधाकृष्ण सार्वजनिक पुस्तकालको कार्य समितिमा ११ जना सर्वसम्मत चयन भएका छन् ।

जसको अध्यक्षमा विद्याकर प्रसाद साह, उपाध्यक्षमा राजकिशोर यादव, सचिवमा रामसिनेही साह, सह–सचिव रामपृत साह र कोषाध्यक्ष पंकज मिश्र चयन भएका हुन् ।

यस्तै सदस्यहरुमा रामजस यादव, मिथुन प्रसाद यादव, अरुण यादव, शम्भु यादव, भुपेन्द्र राउत र संजय राउत सर्वसम्मतवाट निर्वा्चित भएको निर्वाचन अधिकृत हरिलाल राउतले जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७