बाँके-बर्दियालाई कर्णालीमा गाभ्न बहस


४ चैत्र २०७५, सोमबार
karnali pradesh 1

सुर्खेत, ४ चैत । प्रदेश नं ५ का बाँके र बर्दिया जिल्लालाई कर्णालीमा गाभ्न व्यवसायीले जोड दिएका छन् ।

karnali pardesh

सुर्खेत र कोहलपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीबीच वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा व्यवसायीले कर्णाली प्रदेशको तीव्र आर्थिक विकासका लागि बाँके र बर्दियालाई कर्णालीमा गाभ्नुको विकल्प नभएको बताए ।

सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावतले शीर्ष नेताहरूको सर्मथन बिना बाँके–बर्दियालाई कर्णालीमा गाभ्ने अभियान सफल नहुने बताउँछन् । उनले भने, ‘यसका लागि दलीय पहलकदमी जरुरी छ, नेताहरूले यो अभियानको अगुवाइ गर्न हुनुपर्छ ।’

अध्यक्ष रावतले प्रदेश विभाजनले कर्णाली र बाँके–बर्दियाबीचको भावनात्मक सम्बन्धलाई कमजोर बनाएको टिप्पणी गरे । कोहलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष चक्रबहादुर अधिकारीले एउटै अञ्चलमा रहेका बाँके–बर्दिया र सुर्खेतबीच व्यापारिक मात्र नभई सांस्कृतिक र सामाजिक सम्बन्ध रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ५ का सदस्य नरेन्द्र शर्माले साझा सवालमा अलग प्रदेश भनेर मौन बस्न नहुने धारणा राखेका छन् ।

अन्तरक्रियामा व्यवसायीले अन्य जिल्लाको कर्णालीको राजधानी सुर्खेतसँग दूरी छोटिँदै गए पनि प्रादेशिक विभाजनले भावनात्मक दरार उत्पन्न गराएको बताए । व्यवसायीले औद्योगिक विकासका लागि सुर्खेतलाई दक्षिणी नाका तथा बाँके–बर्दियालाई प्रशासनिक छरितोका लागि सुर्खेत आवश्यक पर्ने निचोड निकालेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७