कंगोमा रेल दुर्घटना हुँदा २४ को मृत्यु, ३१ घाइते, ज्यान गुमाउने अधिकांश बालबालिका


४ चैत्र २०७५, सोमबार
kango train 20190318083330

काठमाडौं, ४ चैत । कंगोमा रेल दुर्घटना हुँदा कम्तिमा २४ जनाको ज्यान गएको छ । ३१ जना घाइते भएका छन् । मालाहक रेल दुर्घटनामा मृत्यु हुनेमा अधिकांश बालबालिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

kango train 20190318083330

कासाइ प्रान्तको उत्तरी कनंगास्थित बेना लेकामा आइतबार उक्त रेल दुर्घटना भएको प्रहरीलाई उद्गृद गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बेना लाकास्थित प्रहरीले एएफपीलाई जनाए अनुसार अहिलेसम्म २४ जनाको मृत्यु भएको पुष्टि भएको छ । अरु घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

घटनापछि उद्धारका लागि प्रहरी जुटेको छ । घाइतेहरुलाई अस्पताल पुर्याइएको छ । प्रहरीले ३१ जनालाई काकेंगेस्थित क्लाउड सिमांगा अस्पताल पुर्‍याएको जनाएको छ । मिडियाका अनुसार एक महिनाको आसपासको अवधिमा यो तेस्रो रेल दुर्घटना हो । कंगोमा असुरक्षित लिकका कारण रेलको यात्रा असुरक्षित मानिन्छ । यसअघि पनि धेरै पटक रेल दुर्घटना भएका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७