कांग्रेस नेता एनपी साउद पराजित, एमालेका धामी विजयी


२५ मंसिर २०७४, सोमबार
NARBAHADUR DHAMI

कञ्चनपुर: कञ्चनपुर क्षेत्रनम्बर २ बाट कांग्रेस नेता एनपी साउद पराजित भएका छन् । उनलाई एमालेका युवा नेता नरबहादुर धामीले ८ हजार भन्दा बढी मतान्तरले पराजित गरेका हुन् ।NARBAHADUR DHAMI

आइतवार राति सम्पन्न मतगणना अनुसार धामी ३३ हजार ३२० मत प्राप्त गरी बिजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी कांग्रेस नेता तथा पूर्वमन्त्री साउदले २४ हजार ८९३ मत प्राप्त गरेका छन् ।

कञ्चनपुर १ मा माओवादी उम्मेदवार विना मगर निर्वाचित भएकी छन् । कञ्चनपुर क्षेत्रनम्बर ३ मा एमाले उम्मेदवार दीपक प्रकाश भट्टले अग्रता कायम राखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७