एमालेका अध्यक्ष ओलीलाई खेलाडी संघको बधाई


२८ मंसिर २०७४, बिहीबार
एमालेका अध्यक्ष ओलीलाई खेलाडी संघको बधाई

एमालेका अध्यक्ष ओलीलाई खेलाडी संघको बधाई
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई खेलाडी र खेल कर्मीले बालकोटस्थित निवासमा बिहीबार भेट गरी बधार्इ दिएका छन् ।एमालेका अध्यक्ष ओलीलाई खेलाडी संघको बधाई 2

राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिना, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, खेलाडी संघका पूर्व अध्यक्ष दिपक विष्ट, राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तानद्वय हरि खड्का र राकेश श्रेष्ठ, नेकपा एमाले खेलकुद विभागका सदस्य मेघराज पौडेल, नेपाल अटोमोबाइल खेलकुद महासंघका महासचिव गोविन्द भट्टराई, खेलाडी संघका महासचिव शिवसुन्दर गोथे, नेपाल रिङ रेस्लिङ संघका अध्यक्ष सुनीता थापा र महासचिव सुवर्ण श्रेष्ठलगायतले भेट गरी ओलीलाई बधाइ दिदै आगामी कार्यकालका लागि शुभकामना दिए ।

भेटमा अध्यक्ष ओलीले नेकपा एमालेले सरकार बाहिर हुँदा पनि खेलकुदको विकासमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी र नेपाल खेलकुद महासंघमार्फत काम गर्दै आइरहेको बताउदै खेल क्षेत्रको विकास प्रति रुची र चासो रहेको धारणा व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७