दुहवी गोल्डकपको फाइनले आर्मी र मनाङ बिच हुने


२९ मंसिर २०७४, शुक्रबार
duhabi gold cub Nepal army club and runpandehi 1

बेलबारी : दुहवी रङ्गशालामा जारी दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल नेपाल आर्मी र मनाङ मस्र्याङदीबीच हुने भएको छ । बिहीबार भएको दोस्रो सेमिफाईनल खेलमा त्रिभुवन आर्मीले अग्नी रुपन्देही ११ रुपन्देहीलाई हराउँदै मनाङसँगको भेट पक्का गरेको हो । duhabi gold cub Nepal army club and runpandehi 1
त्रिभुवन आर्मी क्लब काठमाण्डौले अग्नी रुपन्देही ११ रुपन्देही लाई ४–० गोल अन्तरले पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको छ । यस अघि बुधवार भएको खेलमा मनाङ मस्र्याङ्दीले चर्च ब्वाइजलाई १–० गोल अन्तरले हराउदै फाइनलमा प्रवेश गरी सकेको छ ।
बिहीबारको भएको खेलमा पहिलो हाफमा अग्नी रुपन्देही र त्रिभुवन आर्मी दुवै कुनै गोल गर्न सकेन्न । तर दोस्रो हाफमा त्रिभुवन आर्मीका जर्सी नवयुग श्रेष्ठले ३ र ५ मिनेटमा १–१ गोल गरेर टिमलाई २–० को अग्रता दिलाएका थिए । त्यस्तै दोस्रो हाफकै २६ औ र ८९ औ मिनेटमा त्रिभुवन आर्मीका जर्सी जर्ज प्रिन्स कार्की र दीप लामाले थप १–१ गोल गरी आफ्नो टिमलाई फाईनलमा प्रवेश गराए ।
खेलको उत्कृष्ट खेलाडी त्रिभुवन आर्मीका जर्सी नम्बर १८ नवयुग श्रेष्ठल घोषित भए । उनलाई नगद पाँच हजार सहित मेडल प्रमाणपत्र प्रदान गरिएकोे थियो ।
फाइनल खेल पुस १ गते हुने छ । प्रतियोगिताको विजेता टिमले नगद पुरस्कार ४ लाख १ रुपैयाँ र उपबिजेताले २ लाख १ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनएका छन् ।

duhabi gold cub Nepal army club and runpandehi 6

duhabi gold cub Nepal army club and runpandehi 5

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७