चिया खेतीका लागि ७५ लाख


१४ पुष २०७४, शुक्रबार
green tea

भोजपुर : भोजपुर जिल्लाको आमचोक गाउँपालिकामा चिया खेतीका लागि ठूलो रकम विनियोजन गरिएको छ । चिया खेती गर्ने किसानलाई आर्थिक र प्राविधिक रुपमा सहयोग गर्ने गरी रकम विनियोजन गरिएको गाउँपालिका अध्यक्ष अशोक राईले बताए ।green tea

स्थानीय सरकार निर्माण भएपछि पहिलो पटक सम्पन्न गाउँपरिषद्ले चिया खेती विस्तारका लागि ७५ लाख रकम विनियोजन गरेको जनाएको छ । रकम सोही गाउँपालिकाको मातहतमा रहनेछ । चिया खेतीका लागि प्रशस्त सम्भाव्यता बोकेको जिल्ला भोजपुरमा हाल यहाँका किसानले फाट्फुट रुपमा चिया खेती गर्ने गरेको भए पनि व्यावसायिक रुपमा चिया विस्तार नभइरहेको स्थानीयवासी दीपक राईले जानकारी दिए ।

गाउँपालिकाको निःसर्त र सशर्त गरी कूल २६ करोड ६३ लाख रकममध्ये ७५ लाख चिया खेतीका लागि विनियोजन हुनु स्थानीयवासीका लागि खुशीको कुरा भएको उनले बताए । यसअघि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले भोजपुरको आमचोक गाउँपालिकाको समेत नमूना माटो परीक्षण गर्दा चिया खेतीका लागि उपयुक्त ठाउँ मानेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७