भ्रष्टाचार विरुद्ध अनसन बसेका डा. केसीलाई पक्राउ गर्न सर्वोच्चको पूर्जी


२४ पुष २०७४, सोमबार
Dr Kc

काठमाडौँ :  सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई म‌ंगलबार बिहान ९ बजे उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ । न्यायाधीश डम्बर बहादुर शाहीको एकल इजलासले अदालतको अवहेलनाको मुद्दामा केसीलाई उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएको हो ।

Dr Kc

प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै त्रिवि शिक्षण अस्पतालका केसीले आरमण अनसन सुरु गरेका छन् । पराजुलीसहितको इजलासले डीनमा डा शशी शर्मालाई पुनर्वहाली गर्ने आदेश दिएलगत्तै डा. केसीले १४ औं अनसन सुरु गरेका हुन् ।

त्यसक्रममा उनले अदालत न्यायको किनबेच गर्ने ठाउँ भएको र पराजुली माफियाको डन भएको बताएका थिए । उनले भनेका थिए, ‘हाम्रो न्यायालय न्याय दिने होइन, न्यायको किनबेच गर्ने, भ्रष्ट र अपराधीहरुसँग मिलेमतो गरेर तिनीहरुको संरक्षण गर्ने तथा इमानदारहरुलाई दण्डित गर्ने गिरोहको नियन्त्रणमा छ ।’ लगतै सर्वोच्चकै शाखा अधिकृत नेत्रबन्धु पौडेलले केसीविरुद्ध अदालतको अवहेलना मुद्दा हालेका थिए ।

हेर्नुहोस् आदेश :-

DR kc

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७