साउदीको इतिहासमै पहिलोपल्ट महिलाका लागि रङ्गशाला खुल्ला


२५ पुष २०७४, मंगलवार
saudi

काठमाण्डौं : साउदी अरबको रङ्गशाला पहिलोपल्ट महिलाहरूका लागि पनि खुल्ला गरिने भएको छ । आउँदो शुक्रबार फुटबल प्रतियोगिता हेर्नका लागि पहिलो पटक महिलाहरुलाई रङ्गशाला प्रवेश खुल्ला गर्न लागिएको साउदी सरकारले बताएको छ ।saudi

‘साउदी अरबका महिलाहरूले इतिहासमै पहिलो पटक रङ्गशाला गएर फुटबल प्रतियोगिता हेर्न पाउने भएका छन् । आउँदो शुक्रबार अर्थात् जनवरी १२ का दिन अल अहली र अल बाटीनका बीचमा प्रतिष्पर्धा हुन लागेको छ’–साउदीको सञ्चार मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ । महिलाहरु त्यसपछि हुने दोस्रो खेल र जनवरी १८ मा हुने तेस्रो खेल हेर्न पनि रङ्गशालामा जान पाउने मन्त्रालयले जनाएको छ ।
प्रतियोगितामा खाडी राष्ट्रका महिलाहरूले नयाँ स्वतन्त्रताको पहिलो पटक फाइदा उठाउन पाएका हुन् ।

प्रतियोगिता अन्तर्गतको पहिलो खेल राजधानी रियादमा हुन लागेको छ भने दोस्रो खेल जेड्डाहको रेड सी र तेस्रो खेल डाम्माममा हुन लागेको हो । साउदी अरब सम्भवतः कतिपय विषयमा महिलाका लागि विश्वमै सवैभन्दा धेरै अनुदार मुलुक मानिन्छ । आफ्नै देशमा भएको रङ्गशाला देख्नबाट समेत यहाँका महिलाहरु बञ्चित हुँदै आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७