लोकमान पथमा दीप बस्न्यात


२५ पुष २०७४, मंगलवार
deep prasad basnet 1

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनः लोकमानसिंह कार्कीकै ढर्रा र शैलीमा सञ्चालन हुन थालेको छ । आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले अख्तियारलाई लोकमानकै जस्तो शैलीमा हाँक्न थालेका छन् । ठूला–ठूला भ्रष्टाचारका उजुरी उनले आयोगको पूर्ण बैठकमा पेस नगरी घर्रामा लुकाएर मोलमलाई गर्ने गरेको आरोप छ । deep prasad basnet

विभिन्न मन्त्रालयका सचिवदेखि सह–सचिव र उप–सचिवसम्मलाई बस्न्यातले तर्साउने र भने जति दस्तुर नबुझाए १३ पन्ने भराउने भनेर आतंकित पार्ने गरेका छन् । जसरी लोकमानसिंह कार्कीले १३ पन्नेको त्रास देखाएर निर्दोष कर्मचारीलाई समेत दुःख दिने गरेका थिए, त्यही शैली दीप बस्न्यातले अबलम्बन गरेका छन् ।

आगामी २०७४ फागुन पहिलो साता ६३ बर्षे उमेर हदका कारण बिदा हुन लागेका प्रमुख आयुक्त बस्नेतले छोरा कमल बस्नेतमार्फत ठूला भ्रष्टाचारका केसमा बार्गेनिङ गर्दै आएको आरोप छ । प्रमुख आयुक्त बस्नेतले आफन्तलाई राजनीतिक नियुक्ति गर्न दबाब दिने र नदिए १३ पन्ने भराएर दुःख दिने धम्की दिने गरेको खुलासा भएको छ । यसैगरी १३ पन्नेको धम्की दिएर उनले आफ्ना कान्छा भाइ नरेन्द्रराज बस्नेतलाई अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्षमा नियुक्ति गराउन सफल भए ।

आगामी २०७४ फागुन पहिलो साता ६३ बर्षे उमेर हदका कारण बिदा हुन लागेका प्रमुख आयुक्त बस्नेतले छोरा कमल बस्नेतमार्फत ठूला भ्रष्टाचारका केसमा बार्गेनिङ गर्दै आएको आरोप छ । प्रमुख आयुक्त बस्नेतले आफन्तलाई राजनीतिक नियुक्ति गर्न दबाब दिने र नदिए १३ पन्ने भराएर दुःख दिने धम्की दिने गरेको खुलासा भएको छ ।

समितिमा नियुक्त भइसकेपछि उनका भाइ नरेन्द्रले अर्थ मन्त्रालयलाई दबाब दिएर बजेट बढीभन्दा बढी हाल्न लगाए मात्र आफूलाई फाइदा हुने बताएपछि प्रमुख आयुक्त बस्न्यातले अर्थ मन्त्रालयका सचिव शंकर अधिकारीदेखि बजेट महाशाखा प्रमुख केवल भण्डारीलाई दबाब दिए । प्रमुख आयुक्त बस्न्यातले समितिमा २ अर्ब बजेट थप गर्न अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख भण्डारीलाई चर्काे दबाब दिए । तर समितिको बजेट तारजाली लगाएकोदेखि बाग्मती सफाइ गरेको भनेर ८० प्रतिशत भ्रष्टाचार हुने गरेकाले अर्थ मन्त्रालयका सचिव र सह–सचिवहरुकै सल्लाहमा थप २ अर्ब दिने निर्णय गर्न सह–सचिव भण्डारीले सकेनन् । वाग्मती सभ्यतामा बजेट थप नगरेपछि प्रमुख आयुक्त बस्न्यातले अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख भण्डारीलाई १३ पन्ने भर्न लगाएका छन् ।
अकूत सम्पत्ति आर्जनमा मुद्दा चलाउने आधार तयार गर्न कर्मचारीलाई १३ पन्ने भराउन लगाउने गरिन्छ । दीप बस्न्यातका भाइ नरेन्द्रराज बस्नेत नियुक्त भएको बाग्मती सभ्यतामा बजेट नथपे बापतको सजाय सह–सचिव केवल भण्डारीले पाएका छन्, साँघु साप्ताहिकले लेखेको छ–भण्डारीलाई १३ पन्ने भराएर बस्नेतले अर्थ मन्त्रालयका सचिव शंकर अधिकारीलाई तर्साएको अख्तियार स्रोतले बताएको छ । लोकमानसिंह कार्कीले जसरी सम्धी रोहिणी थपलिया र ज्वाई सुभाशिष थपलिया संलग्न कम्पनीलाई ठेक्का दिन नेपाल प्रहरीदेखि विभिन्न निकायमा दबाब दिन्थे । त्यही शैली हालका प्रमुख आयुक्त बस्नेतले अबलम्बन गरेको बाग्मती सभ्यतामा बजेट थप्न नमाने बापत सह–सचिव भण्डारीलाई १३ पन्ने भराएबाट स्पष्ट भएको छ । भण्डारी एक उदाहरण हुन् । प्रमुख आयुक्त बस्नेतले यसैगरी आफ्नो स्वार्थका काम र निर्णय गर्न दबाब दिने गरेको अर्थ मन्त्रालयका एक अधिकारीले नाम नबताउने शर्तमा बताएका छन् ।
भाइ नियुक्त भएको निकायमा बजेट नदिएको प्रतिशोधमा दीप बस्न्यातको निर्देशनमा अख्तियारले १३ पन्ने भराएपछि सह–सचिव भण्डारी बजेट महाशाखाबाटै बाहिरिएका छन् । बजेट महाशाखाको प्रमुखमा अर्का सह–सचिव निर्मलहरि अधिकारीलाई लगिएको छ । भण्डारीलाई भाइको कार्यालयलाई भ्रष्टाचार गर्न बजेट नदिएकै कारण १३ पन्ने भराएका दीप बस्न्यातले आयल निगमको जग्गा खरिदमा भएको डेढ अर्ब रुपैयाँ भ्रष्टाचारमा प्रमुख आयुक्त बस्नेतले दीपक तिम्सिनामार्फत ‘सेटिङ’ मिलाएर छानबिन गर्ने बहानामा झुलाउँदै आएका छन् ।
प्रमुख आयुक्त बस्न्यातले भ्रष्टाचारका ठूला फाइल जसरी लोकमानले घर्रामा हाल्थे त्यसैगरी राख्ने र आयुक्तहरुसँग कुनै सरसल्लाह वा छलफल समेत नगरी जाने बेलामा लोकमान पथ अनुशरण गर्न थालेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७