आफ्नै भाइले लिए दाजुको ज्यान


२७ पुष २०७४, बिहीबार

इलाम : इलामको मंगलबारेमा भाइले आफ्नै दाजुको हत्या गरेका छन् । देउमाई नगरपालिका–४ का डिल्ली बास्तोलाले आफ्नै दाजु गंगा बास्तोलाको हत्या गरेको प्रहरीले जनाएको छ ।hatya

सामान्य घरायसी विवादका क्रममा डिल्ली बास्तोलाले दाउराले हिर्काउँदा दाजु गंगाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । दाजुको हत्या गरेका बेला डिल्ली बास्तोलाले मादक पदार्थ खाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । दाजुको हत्या गर्नुअघि इलाम नगरपालिका–११ सोयाककी सात वर्षीया सन्ध्या आचार्यलाई समेत कुटपिट गरेका थिए ।

उनी मावला जाँदै गर्दा बास्तोलाले बाटोमा कुटपिट गरेका थिए । बालिकाको अहिले जिल्ला अस्पताल इलाममा उपचार भइरहेको छ । मृत्तक गंगा बास्तोलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । दाजुको हत्या गर्ने डिल्लीलाई प्रहरीले पक्रेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७