३८ वर्षअघि छिन्ताङमा मारिएका १६ जना शहीद घोषित


२८ पुष २०७४, शुक्रबार
chintang Martyrs 1

काठमाडौं : सरकारले छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गरेको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषदको बसेको बैठकले  यस्ताे  निर्णय गरेको हो ।chintang Martyrs 1

२७ कात्तिक ०३६ मा धनकुटाको छिन्ताङ गाउँमा भूमिगत नेकपा मालेको गतिविधि नियन्त्रण गर्ने बाहनामा प्रहरीले गोली चलाउँदा १६ जनाको हत्या भएको थियो । हत्या भएकामध्ये धेरै तत्कालीन नेकपा मालेका कार्यकर्ता थिए।

तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा गोली चलाएको आरोप वामपन्थीहरूले लगाउँदै आएका बेला सरकारले मृतकहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७