डा.केसी प्रधानन्यायाधीशको राजीनामा विना नै तोड्दै अनसन, एकै दिनमा किन भए ‘यु टर्न’ ?


२८ पुष २०७४, शुक्रबार
Dr Kc

काठमाडौं : प्रधानन्यायाधीश गोपाल पराजुलीको बर्खास्तगी प्रमुख माग राखेर अनसन बसेका डा.गोबिन्द केसीले अनसन तोड्ने भएका छन् । पाँच दिनदिख अनसनमा रहेका डा केसी र सरकारबीच ५ बुँदे सम्झौता भएपछि भोलि, २९ पुसमा डा केसीले अनसन तोड्ने भएका हुन् ।

सरकारतर्फबाट स्वास्थ्य मन्त्री दीपक बोहोरा र डा केसीबीच ५ बुँदे सहमति भएको हो । सोमबार डा.केसीले अनसन सुरु गर्दा पहिलो माग प्रधान न्यायधीश गोपाल पराजुलीद्वारा पदबाट तत्काल राजीनामा गराएर उनीमाथि छानविन गर्नुपर्ने माग राखेका थिए । उनको पहिलो मागमा भनिएको थियो, पदीय मर्यादाविपरीत न्यायालयमा भ्रष्टाचार संस्थागत गर्ने तथा न्यायलाई बिक्रीको विषय बनाउने भ्रष्ट प्रधान न्यायधीश गोपाल पराजुलीद्वारा पदबाट तत्काल राजीनामा गरियोस्। तत्पश्चात उनका भ्रष्ट क्रियाकलापहरुमाथि छानविन र कारवाही गरियोस्।

Dr Kc

एकै दिनमा किन भए ‘यु टर्न’ ?
प्रधानन्यायाधीश पराजुलीको बर्खास्तगी माग राखेर डा.केसी अनसन बसेपछि अवहेलनाको मुद्दामा केसीलाई पक्राउ गरिएको थियो । पक्राउ गरेर अदालतमा उपस्थीत गराइएका डा.केसीले प्रधानन्यायाधीश पराजुली विरुद्ध ११ बुँदे संगीन आरोप लगाएका थिए । त्यस लगत्तै खासगरी नेपाली कांग्रेस निकट बुद्धिजिवी, लेखक र नेताहरुले प्रधानन्यायाधीश पराजुलीको तिव्र बचाउँ गरेका थिए । उनीहरुले अभियान नै सुरु गरेर डा.केसीको आलोचना समेत सुरु गरेका थिए । प्रधानन्यायाधीश पराजुली विरुद्ध डा.केसी उभिएपछि डा.केसीलाई समर्थन गर्दे आएका ठुलो समुह नै बिभाजित भएका थिए । अदालतले डा.केसीलाई साधरण तारेखमा छोडेको एकदिन नबित्दै केसीले अनसन तोड्न सहमत भएका छन् ।

के छ ५ बुँदे सम्झौतामा ?
१)  चिकित्सा शिक्षा अध्यादेशको दफा ५ बमोजिमको चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन दफा २३ बमोजिमको सिफारिस समिति आजको मितिले ७ दिनभित्र गठन गर्ने ।

२) श्री सर्वोच्च अदालतको मिति २०७४।९।२३ गतेको मुद्दा नं ०७०–WO–०५७१ को उत्प्रेषण मुद्दामा आदेश हुँदा “जहाँसम्म हाल नियुक्त भएका प्रा डा जगदीश प्रसाद अग्रवालको नियुक्ति छ, सो नियुक्तिलाई गैर कानुनी हो भन्ने पुष्टि गर्ने आधार नभएको” भनी गरिएको आदेश अनुसार नै निज डिन अग्रवालको नियुक्ति वैध भएको हुँदा निजको नियुक्तिलाई नै निरन्तरता दिन त्रिभुवन विश्वविद्यालयका कुलपतिमार्फत सम्बन्धित निकायलाई निर्देशन दिने ।भएको हुँदा निजको नियुक्तिलाई नै निरन्तरता दिन त्रिभुवन विश्वविद्यालयका कुलपतिमार्फत सम्बन्धित निकायलाई निर्देशन दिने ।

३)  त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को खोसिएको अधिकार फिर्ता गर्ने सम्बन्धमा यस अगाडि गरिएका सम्झौताहरु कार्यान्वयन गर्न त्रिभुवन विश्वविद्यालयका कुलपतिले यथाशीघ्र र यथोचित कदम लिने । आइओएमको अधिकार फिर्तासम्बन्धी त्रिवि नियमावली संशोधन गर्नका लागि तत्काल त्रिवि सभा ९सिनेट०को विशेष बैठक बोलाउने ।

४)  त्रिवि शिक्षण अस्पताल सुधार सम्बन्धी मागसम्बन्धमा त्रिवि शिक्षण अस्पतालको भौतिक पूर्वाधारको सुधार र अभिवृद्धि, जनशक्तिको उचित व्यवस्था, सर्वसाधारणलाई दिइने सेवा र सुविधामा बिस्तारका लागि आइओएम डिन कार्यालयले राख्ने बिस्तारित प्रस्तावमा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले आवश्यक आर्थिक व्यवस्था गर्ने ।

५)  डा गोविन्द केसीले आमरण अनशनको कार्यक्रम अन्त गर्ने ।

 

के थिए केसीका मागहरु:-

१) पदीय मर्यादाविपरीत न्यायालयमा भ्रष्टाचार संस्थागत गर्ने तथा न्यायलाई बिक्रीको विषय बनाउने भ्रष्ट प्रधान न्यायाधीश गोपाल पराजुलीद्वारा पदबाट तत्काल राजीनामा गरियोस्। तत्पश्चात उनका भ्रष्ट क्रियाकलापहरुमाथि छानबिन र कारबाही गरियोस् ।

२) चिकित्सा शिक्षा आयोग तत्काल गठन गरियोस् ।

३) आइओएमका डीनमा विधिवत रुपमा वरिष्ठताका आधारमा नियुक्त भएका व्यक्तिलाई कायम गरियोस्। माफिया डीनको पुनर्वहाली तुरुन्त खारेज गरियोस् ।

४) मेडिकल माफियासितको मिलेमतोमा अवैध रुपमा खाली भवनलाई सम्बन्धन दिने, आइओएमको अधिकार नाजायज रुपमा खोसेर दुरुपयोग गर्ने तथा दलीय भागबन्डाबाट नियुक्त भएका त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गरियोस् ।

५) त्रिवि शिक्षण अस्पताल सुधार सम्बन्धी हामीले राखेका मागहरु पूरा गरियोस् ।टरको व्यवस्थापन गर्ने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७