करेन्ट लागेर एकको मृत्यु


३० पुष २०७४, आईतवार
curr

इलाम : इलाम नगरपालिका–८ तिल्केनीमा आइतबार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आफ्नो घर बनाउने क्रममा करेन्ट लाग्दा बेदबहादुर तामाङको ज्यान गएको हो ।curr

घर बनाउने क्रममा फलामको रड सिधा गर्दा रडले बाटोमा रहेको बिजुलीको तार छुँदा उहाँलाई करेन्ट लागेको थियो । करेन्ट लागेका तामाङको उपचारका लागि इलाम अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७