चिया खेतीमा रमाउँदै पूर्व प्रजिअ


२३ माघ २०७४, मंगलवार
green tea

भोजपुर, २३ माघ : काम गर्दा सानो होइन्छ या ठूला मान्छेले काम गर्दा लाज हुन्छ भन्ने मानसिकता रहेको नेपाली समाजमा एक पूर्व प्रमुख जिल्ला अधिकारी उदाहरणीय बनेका छन् । green tea

सिडिओ भएर विभिन्न जिल्लामा काम गर्नुभएका र हाल अवकाश प्राप्त भोजपुरको रामप्रसाद राई गाउँपालिकाको होम्तोकका गणेश राईले सहकारी संस्थामार्फत एक हजार रोपनी जग्गामा व्यावसायिक चिया खेती विस्तार गरिरहेका छन् । काठमाडौँ महानगरमा प्रमुखको रुपमा समेत सेवा गरिसकेका पूर्व सहसचिव राईको आजभोलि अधिकांश समय चियाको बिरुवा विस्तार, हेरचाह, कर्मचारी व्यवस्थापनलगायतमा दिन बित्ने गरेको छ । निजामतीमा लामो समय खर्चिएका राईले कृषि पेशालाई सम्मानजनक पेशाका रूपमा विकास गर्न चाहेको बताए ।
राईले कृषि सहकारी संस्थामार्फत रु दुई करोड स्थीर पूँजीसहित कूल तीन करोडको लगानीमा यो कार्यको शुरुवात गरेका हुन् ।

नेपाली युवा रोजगारीको खोजीमा दिन प्रतिदिन विदेश गइरहेका बेला नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने हिम्मतका साथ कृषिमा लागेको उनको भनाइ छ । खाद्यान्न बालीबाट भन्दा चिया खेतीबाट धेरै आम्दानी लिन सकिने राईले बताए । थामडाँडा टेम्के कृषि सहकारी संस्था लिको हाल अध्यक्ष रहनुभएका राईले आफूसँगै १३ जनालाई रोजगार समेत दिएका छन् । सहकारीका ओख्रे बगान, बतासे चिया नर्सरी, भन्ज्याङखर्क चिया बगान, भस्मेचौर चिया नर्सरी, चखेवा चिया बगान, कुइभिर चिया बगानलगायत १६ वटा बगानमा छ लाख चियाको बिरुवा विस्तार गरेको बताउँदै राईले भने–‘अझै बिरुवा विस्तार गर्ने सोचमा छु ।’

यो कृषि सहकारीलाई अर्थोडक्स चिया प्रशोधन कारखाना स्थापना तथा चिया खेतीको व्यावसायिकतामा जोड दिन उन्नति समावेशी वृद्धि कार्यक्रमले समेत आर्थिक सहयोग गरेको छ । राईले उन्नति कार्यक्रमसँगको सहकार्यमा चिया खेतीसम्बन्धी ७१ जना सदस्यलाई तालीम समेत दिइसकेका छन् । भोजपुरमा पछिल्लो समय उहाँको उदाहरणीय कार्यलाई देखेर धेरै युवा कृषि व्यवसायतिर आकर्षित हुन थालेका छन् । राई सहकारीका साथै नेपाली कांग्रेसको राजनीतिमा समेत आबद्ध रहँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७