उन्नति माइक्रो फाइनान्सको सेयर बिक्री नतिजा सार्वजनिक


२६ माघ २०७४, शुक्रबार
unati micro finance

काठमाडौं: सर्वसाधारणमा बिक्री गरेको उन्नति माइक्रो फाइनान्सले नतिजा सार्वजनिक गरेको छ । शुक्रवार बिहान निष्कासन तथा बिक्री प्रबन्धक सिद्दार्थ क्यापिटलले नक्साल कार्यालयबाट बाँडफाँड गरेको नतिजा सार्वजनिक गरेको हो । माइक्रो फाइनान्सले पुष २१ देखि पुस २५ सम्म १ करोड ६५ लाख बराबरको १ लाख ६५ हजार कित्ता खरिदका लागि सार्वजनिक गरेको थियो ।

unati micro finance
फाइल तस्बिर

जसमध्ये २ लाख ४४ हजार ४७२ आवेदन परेको थियो । आवेदन परेको मध्ये २ हजार ४६७ आवेदन भने रद्द भएका छन् । आवेदक दिएको मध्ये गोलाप्रथाबाट १५ हजार १५ जना सर्वसाधारणले मात्र उन्नतिको साधारण सेयर प्राप्त गरेका छन् । त्यस्तै १०१ कर्मचारीले ६ हजार ६०० कित्ता, १२ सामूहिक लगानी कोषले ८ हजार २५० कित्ता सेयर पाएका छन् ।

जसमा ४ प्रतिशत अर्थात् ६६०० कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् ८२५० कित्ता सामूहिक लगानी कोषलाई र बाँकी १ लाख ५० हजार १ सय ५० कित्ता सर्वसाधारणलाई छुट्ट्याइएको थियो। हाल माइक्रोफाइनान्सको चुक्ता पुँजी ३ करोड ८५ लाख रहेकोमा सेयर कित्ता बाँडफाँ निष्कासनपछि चुक्ता पुँजी ५ करोड नाघ्ने छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४५ लाख ११ हजार खुद मुनाफा गरेको छ। रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको यस माइक्रोफाइनान्सले १० जिल्लामा सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७