नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाख दिने ओली सरकारको घोषणा


७ फाल्गुन २०७४, सोमबार
nepali u 19 cricket team 7

काठमाण्डौं, ७ फागुन : विश्वकप छनोटमा पुगेको नेपाली क्रिकेट टोलीलाई सरकारले हौसला प्रदान गर्न सक्नुपर्ने आवाज उठिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले खेलप्रेमीको उक्त आवाज सम्बोधन गरेका छन् । U 19 cricket 1

विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई सरकारले जनही ३–३ लाख रुपैयाँ दिने घोषणा गरेको छ । साथै यसमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले एक–एक लाख रुपैयाँ थप्ने भएको छ ।

क्रिकेट खेलाडीहरुको सम्मानमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशिक्षकसहित खेलाडीहरुलाई जनही ३–३ लाख दिने बताएका छन् । यस्तै मदन भण्डारी स्पोट्र्स एकेडेमीका विनोद श्रेष्ठले सरकारले दिएको रकममा एकेडेमीले एक–एक लाख थप गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७