प्रचण्डलाई ‘सुरक्षा थ्रेट’, खटाइए विशेष अप्रेसनका कमाण्डर


८ फाल्गुन २०७४, मंगलवार
Puspa Kamal Dhal parchanda

काठमाडौं ८ फागुन, पूर्व प्रधानमन्त्री एंव एकीकृत पार्टी नेपाल कम्युनिष्ट पार्टी नेपालको शिर्ष दुई मध्येका एक पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा कमाण्ड खटाइएको छ । सुरक्षा थ्रेट बढ्न सक्ने भन्दै ५९ जना प्रहरी प्रचण्डको सुरक्षार्थ खटाइएको हो ।

Puspa Kamal Dhal parchanda

विशेष सुरक्षा कार्यदलले डिएसपी सन्तोषसिंह राठौंरलाई प्रचण्डको सुरक्षार्थ खटाएको छ। राठौंर यसअघि महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत थिए।

प्रचण्डको सुरक्षामा खटेका डिएसपी दानबहादुर मल्ललाई दरबारमार्ग प्रहरी वृतमा सरुवा गरेपछि राठौंरलाई मल्लको ठाउँमा खटाइएको हो। प्रचण्डको सुरक्षामा खटाइएका नयाँ डिएसपी राठौंर यसअघि धनुषा, गौशाला, स्वयम्भु, नगर प्रहरीमा कार्यरत थिए। प्रहरीको विशेष अप्रेसन उनको कमाण्डमा हुँदै आएको छ।

राठौंरको कमाण्डमा २९ जना नेपाल प्रहरी प्रचण्डको सुरक्षामा खटिनेछन्। यसबाहेक सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक खेम ठगुन्नासहित ३० जना प्रहरी पनि प्रचण्डको सुरक्षार्थ खटिदैँ आएको छन्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७